s

‘ब्लड–मनी’ तिर्न नसक्दा साउदीमा बिचल्ली

वैदेशिक रोजगारीका क्रममा नियम पूर्वक साउदी अरेबिया पुगेका नवलपरासी र मकवानपुरका दुई नेपाली कामदारले भवितव्यमा परेर लाखौं रुपैयाँ ‘ब्लड–मनी’ तिर्नुपर्ने भएपछि आवश्यक रकम तथा कानुनी परामर्शको अभावमा बिचल्ली भएर बसिरहेको पीडितका परिवारले जनाएका छन् ।

नवलपरासी, मध्यविन्दू–४ का ३६ वर्षिय थानेश्वर भुसालले चलाएको गाडी दुर्घटनामा पर्दा दुई साउदी नागरिकको ज्यान गएपछि अदालती निर्णयअनुसार ४५ लाख रुपैयाँ ‘ब्लड–मनी’ तिर्नैपर्ने परिवन्दमा परेका छन् । चार वर्षअघिको सडक दुर्घटनाका बारेमा हालै स्थानीय अदालतले निर्णय गरेको र उनी अहिलेसम्म जेलमैं रहेको भुसालका आफन्तले बताएका छन् ।

यसैगरी, मकवानपुर, मार्खु–८ का २७ वर्षिय दिनेश गोले पनि आफूले कुदाइरहेको पानी ट्यांकरमा पछाडिबाट आएको कार ठक्कर लाग्दा घटनाथलमैं ४ यात्रुको निधन भएपछि गत वर्ष अक्टोबर महिना यता अदालती निगरानी तथा कारवाही प्रकृयामा छन् । 

गोलेले मृतक परिवारलाई जनही ७५ हजार रियाल गरेर झण्डै ९० लाख रुपैयाँ ‘ब्लड–मनी’ तिर्नुपर्ने भएकाले उनी पनि बिचल्ली पूर्ण अवस्थामा रहेको जानकारी दिइएको छ । प्रवासी नेपाली समन्वय समितिले पीडितद्वय भुसाल र गोलेलाई उद्धार समन्वय गर्ने क्रममा पीडितका परिवारलाई राखेर पत्रकार सम्मेलन गराएको हो ।

Published on: 1 May 2017 | Kantipur

Back to list

;