s

बि.क.को ब्लड मनीका लागि करिव २१ लाख संकलन

गैर–आवासीय नेपाली संघ, यूएईले चितवन खैरेनीका टोपबहादुर विकलाई सहयोग गर्न ७३ हजार दिराम झन्डै २० लाख ६३ हजार रुपैयाँ जुटाएको छ । युएईमा कार्यरत खैरेनी, चितवनका विकले थाइल्याण्डका नागरिकलाई ब्लडमनि बापत एक लाख दिराम बुझाउनुपर्ने भएपछि एनआरएनए यूएईले उक्त सहयोग रकम जुटाएको हो ।
 
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले कामदारको मृत्यु, अङ्गभङ्ग वा कानूनी उपचारमा मात्र कल्याणकारी कोषको रकम खर्च गर्ने बताएपछि ब्लड मनीका लागि गैर–आवासीय नेपाली संघसहित विदेशमा रहेका नेपाली संघसस्थाहरू संगठित हुने गरेका छन् । २ जुन २०१४ मा क्रेन दुर्घटना हुँदा दुई थाई नागरिकको मृत्यु भएपछि अदालतले ब्लडमनि बापत चार लाख दिराम दिनुपर्ने फैसला गरेको थियो । जसमध्ये कम्पनीको तर्फवाट दुई लाख दिराम र क्रेन अपरेटर र टोपबहादुरको जिम्मेवारीमा एक–एक लाख दिराम परेको थियो । टोपबहादुर एउटा कम्पनीमा क्रेन अपरेटरका हेल्पर थिए । टोपवहादुर र क्रेन अपरेटरको समन्वयको अभावले थाइल्याण्डका दुई नागरिकको ज्यान गएको थियो । युएईस्थित विभिन्न नेपाली संघसंस्थाको सहयोगमा यो रकम जुटाइएको हो । अव बि.क.को ब्लड मनीका लागि २६ हजार दिराम रकम अपुग भएको छ । गैर–आवासीय संघसहित त्यहाँ रहेका नेपाली संस्थाले सहयोग गर्न आह्वान गरेका छन् ।
 
Published on: 11 April 2018 | Madhyanha

Back to list

;