s

वित्तीय साक्षरता शिक्षा देशभर विस्तार गर्न आवश्यक

सागरविक्रम बस्नेत

रेमिट्यान्सकाे उचित व्यवस्थापन गरी दिगो आम्दानीको स्रोतको रुपमा विकास गराउने उदेश्यका साथ सक्षम प्रशिक्षक उत्पादन गर्न चार दिने वित्तीय साक्षरता प्रशिक्षक तालिम सकिएको छ ।

सुरक्षित आप्रवासन परियोजना (सामी)को आर्थिक सहयोग र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको प्राविधिक सहयोगमा नेफ्स्कुनले नगरकोटमा सञ्चालन गरेको तालिममा ६ जिल्लाका २३ जनाको सहभागिता थियो ।
 
नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले वित्तीय साक्षरता शिक्षालाई नेपालभर विस्तार गर्नुपर्ने बताउनुभयो । समापन कार्यक्रममा बोल्दै उहाँले यो शिक्षा समाज परिवर्तन र आर्थिक अवस्था सुधारका लागि अनावश्यक खर्च घटाउदै बचत गर्ने ज्ञान बढाउन नेपालभर विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । 
 
सामी परियोजना अन्र्तगत वैदेशिक रोजगारीमा गएका परिवारका सदस्यका लागि वित्तीय साक्षरता कार्यक्रम तीन वर्षदेखि सुनसरी, रामेछाप, खोटाङ, सर्लाही, नवलपरासी र कैलालीकामा सञ्चालन भइरहको छ ।
 
वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स प्राप्त गर्ने घरधुरीलाई योजना सहितको खर्च र व्यवसायमा लगानी गर्नुपर्छ भन्ने भावनाको विकास गराउन प्रेरित गर्न प्रशिक्षक उत्पादनका लागि तालिम संञ्चालन गरिएको नेफ्स्कुनका कार्यक्रम अधिकृत प्रेमनाथ वाग्लेले बताउनुभयो । 
 
Published on: 20 March 2018 | Ujyaaloonline

Back to list

;