s

विश्व बैंकले रोजगारी र शिक्षामा सहयोग गर्ने

नेपाल सरकार र विश्व बैंकका अधिकारीबीच अर्थ मन्त्रालयमा दुई छुट्टाछुट्टै विषयमा सहयोग गर्नेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार पहिलो नेपाली युवालाई प्राप्त हुने श्रम बजार र रोजगारी सेवालाई सुधार गर्नेबारे छ । त्यस्तै, दोस्रोमा नेपाल सरकारले सञ्चालन गरिरहेकोे विद्यालय क्षेत्र विकास कार्यक्रममा सहयोग गर्नेसम्बन्धी छ ।

पहिलो कार्यक्रमका लागि १२० मिलियन (१३ अर्ब ७३ करोड रुपैयाँ) सहयोग गर्नेछ । यो रकम प्रधानमन्त्री रोजगार कार्यक्रमलगायतमा खर्च गरिनेछ । ५ वर्षसम्म सञ्चालन हुने यस आयोजनाबाट १ लाख युवा लाभान्वित हुने अपेक्षा छ ।

त्यस्तै, विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि बैंकले २३ दशमलव ९५८ मिलियन अमेरिकी डलर (२ दशमलव ७४ अर्ब रुपैयाँ) अनुदान सहयोग गर्ने भएको छ । यसले शिक्षाको गुणस्तर वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा छ । सहमतिपत्रमा नेपाल सरकारका तर्फबाट अर्थसचिव डा. राजन खनाल र विश्व बैंकका तर्फबाट कन्ट्री म्यानेजर फारिस एच हादादले हस्ताक्षर गरे ।

Published on: 28 November 2019 | Naya Patrika

Link

Back to list

;