s

विशेष राहत प्याकेज घोषणा गर्न कांग्रेस सभापति देउवाको आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले विश्वभरि फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुन लकडाउन उत्तम विकल्प भए पनि यसबाट प्रभावित न्यून आय भएका व्यक्तिका लागि तत्काल राहत प्याकेज घोषणा गर्न आग्रह गरेका छन् ।

उनले दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आय भएका व्यक्तिका लागि तत्काल विशेष राहत प्याकेज घोषणा गर्न सरकारसँग बिहीबार अनुरोध गरेका हुन् । सभापति देउवाले लकडाउनमा सरकारले दैनिक ज्यालादारी र न्यून आय भएकाको दैनिक गुजारा चलाउने प्रबन्ध पनि गर्न आवश्यक रहेको बताउँदै कोरोना भाइरसबाट सुरक्षित हुँदाहुँदै कोही पनि भोकमरीको शिकार बन्न नपरोस् भनी उल्लेख गरेका छन् ।

Published on: 26 March 2020 | Kantipur

Link

Back to list

;