s

वीरगञ्जबाट तीन जना श्रमिक बालकको उद्धार

वीरगञ्जबाट तीन जना श्रमिक बालकको मंगलबार उद्धार गरिएको छ ।वीरगञ्जको गीता मन्दिर जाने रोड नजिकै सञ्चालित लक्ष्मी सेकुवा र फुड सेन्टरबाट तीन जना श्रमिक बालकको उद्धार गरिएको आवर संसारका मुकेश साहले जानकारी दिए ।

उनीहरूलाई उद्धार गरेर महानगरपालिका र आवर संसारद्वारा सञ्चालित बाल हेल्पलाइनमा राखिएको उनले बताए ।बाल हेल्पलाइनको स्थापनापछि अहिलेसम्म १५ जना श्रमिक बालकको उद्धार गरिएको साहले बताए ।

उद्धार गरिएका मध्ये १ जना नेपाली र ७ जना भारतीय श्रमिक बालकलाई परिवारको जिम्मा लगाउने काम भइसकेको उनले बताए ।बालगृह र हेल्पलाइनमा राखिएको बालबालिकालाई उनीहरूको अभिभावक खोजेर जिम्मा लगाउने तयारी भइरहेको महानगरपालिकाले जनाएको छ ।

Published on: 17 December 2019 | Onlinekhabar

Link

Back to list

;