s

विप्रेषणमा धक्का

टीकाराम आचार्य

देशको भौगोलिक सीमा पार गरी विभिन्न मुलुकमा गई गरिने सबै प्रकारका श्रमलाई वैदेशिक रोजगार भनिन्छ । उक्त श्रमको मूल्यबाट प्राप्त आय÷आम्दानी विप्रेषण (रेमिटान्स) हो । विकासोन्मुख तथा गैर औद्योगिक देशमा उत्पादित श्रमशक्तिको तुलनामा रोजगारीका अवसर न्यून हुने हँुदा ती राष्ट्रबाट रोजगारीका लागि विकसित एवं औद्योगिक राष्ट्रमा गई आपm्नो दक्षतालाई श्रममा रूपान्तरण गरी आर्थिकलगायतका अन्य प्रतिफल प्राप्त गर्नु नै वैदेशिक रोजगार हो ।

नेपालको श्रमबजारमा वार्षिक करिब पाँच लाखको हाराहारीमा श्रमयुक्त जनशक्ति प्रवेश गर्दछन् । वर्तमान अवस्थामा नेपालमा रोजगारी वृद्धिदर २.९ प्रतिशतभन्दा कमको हाराहारीमा छ । देशभित्र पर्याप्त मात्रामा रोजगारीका अवसर सिर्जना हुन नसकेका कारणले नेपालको श्रमशक्ति दैनिक रूपमा करिब एक हजार पाँच सयको हाराहारीमा रोजगारीका लागि विश्व बजारमा प्रवेश गर्नु पर्ने बाध्यात्मक अवस्था आयो । वैदेशिक रोजगारबाट प्राप्त आय÷आम्दानीले पछिल्लो आर्थिक वर्षमामा नेपालको कुल गार्हस्थ उत्पादनमा करिब २५.४ प्रतिशत योग्दान छ ।

वैदेशिक रोजगार अल्पकालीन बेरोजगारी समस्या समाधान, गरिबी न्यूनीकरणका साथै आर्थिक समृद्विबीचको नकारात्मक दूरी घटाउने अस्त्रको रूपमा रहँदै आएको छ । वर्तमान अवस्थाका वैदेशिक रोजगारबाट प्राप्त ज्ञान, सीप, अनुभव एवं नयाँनयाँ प्रविधि ग्रहण गरी स्वदेशमा उद्यम, व्यापार, व्यवसाय जस्ता स्वरोजगारजन्य विभिन्न अवसरको रूपमा पनि लिन सकिन्छ ।

भौगोलिक अनुभव, भाषा संस्कृतिको आदानप्रदान हुने माध्यमको रूपमा पनि लिन सकिन्छ । त्यस्तै वैदेशिक रोजगारको लागि हालसम्म विश्वका ११० देश खुला गरिएको छ । ती राष्ट्रमा नेपालको श्रमशक्ति प्रवेश गरी प्राप्त आय नेपाली अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बन्न पुगेको छ । सन् १९८० को दशकदेखि सुरु भएको आर्थिक उदारीकरण र विश्वव्यापीकरणको लहरसँगै विश्व श्रमबजार पनि चलायमान भएको छ । यसबाट वैदेशिक रोजगारीका क्षेत्रमा धेरै अवसर सिर्जना

भएका छन् ।

देश र क्षेत्रगत आधारमा रोजगारीका अवसर एवं सेवा सुविधामा समेत भिन्नता हुने गर्दछ । त्यसैले रोजगारीका अवसर कम भएका तथा न्यून सेवा सुविधा हुने मुलुकबाट रोजगारीका पर्याप्त अवसर र तलब सुविधा राम्रो भएका मुलुकमा श्रमशक्ति जाने गर्दछन् जसलाई स्थानगत लाभ भनिन्छ । वैदेशिक रोजगार अझै केही समय विकल्पहीन अवस्था देखिन्छ नेपालका लागि । आ.व. २०५४।५५ देखि वैदेशिक रोजगारीमा नेपाली श्रमशक्तिको लहर बढ्न थालेको हो ।

त्यस आ.व.सम्म वार्षिकरूपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने नेपाली श्रमशक्तिको सङ्ख्या दश हजारभन्दा कमको हाराहारीमा रहेकोमा आ.व. २०७६।७७ को (फागुन महिनाको) मध्यतिरसम्म आइपुग्दा वार्षिक पाँच लाखको हाराहारीमा पुग्यो । विश्वका विभिन्न ११० देशमा श्रम स्वीकृति लिएर नेपाली श्रमशक्ति रोजगारीको लागि जाने गरेका छन् । प्रमुख श्रम गन्तव्य मलेसिया, कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र पछिल्लो समय दक्षिण कोरिया आदि देश पर्दछन् । जसमध्ये कुल सङ्ख्याको ८५ प्रतिशतभन्दा बढी नेपाली श्रमशक्ति ती देशमा गएर श्रमलाई आयमा रूपान्तरण गरिरहेका छन् ।

सन् २०१९ को अन्त्यतिर चीनको वुहानमा देखा परेको कोरोना भाइरस अर्थात् कोभिड १९ पछिल्लो समयमा विश्वका सबैजसो देशमा पुग्यो । उक्त भाइरसले विश्वका सबै नागरिकलाई त्रसित बनाउनुका साथै सात लाख ५० हजारभन्दा बढी मानिसको ज्यान लिएको छ । भाइरसले विश्वअर्थतन्त्रलाई धराशायी बनाएको वर्तमान अवस्थामा सोको प्रत्यक्ष प्रभाव स्वदेश एंव वैदेशिक रोजगारमा पनि पर्न गएको छ । प्रायः देशहरूले लकडाउनका विभिन्न नीति अवलम्बन गरी उद्योग, कलकारखाना, व्यापार, व्यवसायलगायतका क्षेत्र बन्द गर्नुपर्ने बाध्यात्मक अवस्थाको कारण स्वदेश एवं वैदेशिक रोजगारमा रही दैनिक ज्यालादारी गर्ने श्रमयुक्त जनशक्तिलाई प्रत्यक्ष असर परेको छ । नेपालमा पनि प्रत्यक्ष प्रभाव रोजगारमा परेको छ ।

विश्वश्रमबजारमा गएका श्रमशक्ति यस महामारीले गर्दा काम नपाई बस्नुपर्ने र मातृभूमि फर्कन पनि कठिनाइ छ । रोजगारीका अवसर कटौती हुँदैछन् । जसले गर्दा विकासोन्मुख एवं गैर औद्योगिक राष्ट्रको विप्रेषण आम्दानीमा सङ्कुचन आउने गर्दछ । नेपालको संविधानले सुनिश्चित गरेका विभिन्न ३१ वटा मौलिक हक अन्तर्गत क्रमशः धारा ३३ र ३४ मा रोजगारी र श्रमको हकमा सम्बन्धमा व्यवस्था गरिएका अधिकारलाई यस कोरोना भाइरस महामारीले धक्का दिँदैछ ।

नेपालमा विगत लामो समयसम्म भएको सशस्त्र युद्व तथा राजनीतिक अस्थिरताका कारण देशमा उपलब्ध स्रोतसाधनको कुशल परिचालन हुन नसक्दा रोजगारीको क्षेत्रमा सङ्कुचन पैदा भई श्रमयुक्त जनशक्ति ठूलो सङ्ख्यामा विश्वबजारमा जानुपर्ने बाध्यात्मक अवस्था छ तर विभिन्न देशमा रोजगारविहीन भई अलपत्र अवस्थामा रहेका श्रमिकहरूको उद्धार, व्यवस्थापनको कार्यमा राज्य लागिपरेको छ । यो सकारात्मक कार्य हो । यसका साथै, महामारीले निम्त्याएको आर्थिक मन्दी, वैदेशिक रोजगारीमा आउन सक्ने सड्कुचनलाई ध्यानमा राखी विदेशमा सिकेको ज्ञान, सीप, क्षमता, अनुभव, आय÷आम्दानीलाई कुशलतापूर्वक परिचालन गर्न सक्नुपर्छ । तबमात्र रोजगारी र श्रमको हकलाई कार्यान्वयन गर्न सहज हुनुका साथै देशमा उपलब्ध जनशक्तिको उचित प्रयोग, व्यवस्थापन भई राष्ट्रिय उत्पादन एवं उत्पादकत्वमा उल्लेखनीय वृद्वि हुनेछ । देश आत्मनिर्भरताको बाटोतर्फ अगाडि बढ्नेछ ।

Published on: 1 September 2020 | Gorkhapatra

Link

Back to list

;