s

विकल्प चाहन्छन् मनोरञ्ज न क्षेत्रका युवती

‘म यो पेसा छाड्न चाहन्छु। राज्य वा संघसंस्थाले दिने वैकल्पिक रोजगारमूलक तालिम लिन तयार छु तर त्यो अवधिसम्म मेरो परिवारको जीविकोपार्जन कसरी हुन्छ ? मेरी आमालाई महिनामा ७ हजार रुपैयाँको औषधि चाहिन्छ, बुवा दमका बिरामी हुनुहुन्छ, उहाँको स्याहार कसले गर्छ ? ’

झापामा मनोरञ्जनका क्षेत्रमा लागेका महिलाको प्रतिनिधि आवाज हो यो। यो क्षेत्रका अधिकांश महिला तथा युवतीको बाध्यता एकै देखिन्छ– घरको दयनीय आर्थिक अवस्था। यस्तै बाध्यतामा परी गर्दै आएको पेसा चाहेर पनि उनीहरूले छाड्न सकेका छैनन्। बरु पेसागत सुरक्षाको माग गर्न खुलेरै बोल्न थालेका छन्।

२० वर्षीया सुनिता राना (नाम परिवर्तन) झापाकै बासिन्दा हुन्। आमा विदेशमा रहे पनि पैसा पठाइनन्। घरमा बुवाको बसाइ ठेगान भएन। दुई बहिनी र एक भाइलाई भात पकाएर दिने चामलसमेत अभाव भयो। ‘मलाई जसरी हुन्छ पैसाको खाँचो थियो’, उनले भनिन्, ‘फेसबुकमा साथीहरूसँगको सम्पर्कबाट म यो0 पेसामा लागें, मैले अहिले रामै्रसँग घर चलाएकी छु। भाइबहिनीले पढ्न पाएका छन्, म सन्तुष्ट छु। भोलिका दिनमा जे त होला।’

झापाभरि मनोरञ्जनात्मक क्षेत्रमा लाग्नेको संख्या ३ हजार २ सय हाराहारीमा रहेको प्रहरी तथा संघसंस्थाको अनुमान छ। उनीहरू विदेश जाने अनि पेसा आपैmं छाड्ने हुँदा यो तथ्यांक घटबढ भइरहने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

बिर्तामोड क्षेत्रमा १५ वर्ष होटल व्यवसायमा बिताएकी सपना माझी (नाम परिवर्तन)ले सुरुमा प्रहरीले छापा नमार्दा ग्राहक आनन्दले बसेको सुनाइन्। अहिले भने प्रहरीले छापा मार्नेलगायत गतिविधि गर्दा पेसा धरापमा छ। ‘म बिर्तामोड बजारबाट तीन किलोमिटरभित्र गाउँले बस्तीमा छिरेकी छु’, उनले भनिन्, ‘गाउँ छिरेपछि केही राहत मिलेको छ।

वैदेशिक रोजगारमा जाँदा परिवार विखण्डन भएका महिला यो क्षेत्रमा प्रवेश गरेका देखिन्छन्। ‘स्नातक तहपछि घरमा पढ्ने वातावरण रहेन’, अर्की युवती कल्पना घिमिरे (नाम परिवर्तन)ले भनिन्, ‘छिमेकी भाउजू यही पेसामा रहेका कारण उहाँले नै भनेर म पनि आएकी हुँ।’ अहिले यो पेसामा करकापले आउने एकदमै कम रहेको उनको भनाइ छ। ‘स्वतःस्फूर्त यो पेसामा लागेकाहरू असन्तुष्टि कतै पोख्दैनन्’, उनले भनिन्, ‘उनीहरू व्यापारीबाटै ठगिएका हुन्छन्।’

ग्राहकले दिने पैसा कति व्यापारीले र कति आफूहरूले पाउने नियम सरकारले बनाइदिनुपर्ने उनको भनाइ छ। ‘त्यसो गर्दा यो पेसामा कोही पनि ठगिँदैनन्’, उनले भनिन्। उनका अनुसार यो पनि व्यवसाय हो। तर, यसलाई कसरी मर्यादित बनाउन सकिन्छ भन्नेतिर सरकार लाग्नुपर्ने मानवअधिकारकर्मी विष्णु खरेलको भनाइ छ। परिवार र समाजबाट पीडित महिलाको पेसालाई राज्यले मर्यादित बनाउन नसक्दा उनीहरू अपहेलित रहेको उनले बताए।

झापामा केही समयअघि १२–१३ वटा डान्स सेन्टर सञ्चालनमा थिए। यो क्षेत्रका व्यवसायी बजार क्षेत्रबाट हटेर गाउँ–गाउँमा पुगी व्यवसाय सञ्चालन गर्न थालेको उनले सुनाए। झापा भारतसँगको प्रमुख नाका भएकाले यो क्षेत्र अझ बढी संवेदनशील भएको अधिकारकर्मी मेनुका थापाको भनाइ छ। परिवार, समाज, र जनप्रतिनिधि लागिपरे यो पेसामा लागेका महिलाको श्रमलाई मान्यता दिन सकिने उनले बताइन्।

यो पेसा अँगालेका महिलाका लागि मनोविमर्श सेवा आवश्यक रहेको इलाका प्रहरी बिर्तामोडका प्रमुख कृष्ण कोइरालाले बताए। उनीहरूमा आ िश्रत परिवारका आधारभूत आवश्यकता पूरा गरिदिन सके यो क्षेत्रमा आउने महिलाको संख्या आधा घट्ने उनको भनाइ छ।

Published on: 2 October 2018 | Annapurna post

Back to list

;