s

बिहे गरेर चीनमा नेपाली युवतीको तस्करी

विवाहको आवरणमा चीनमा नेपाली युवतीको तस्करी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोले नुवाकोट किस्पाङ–१ की मनमाया घलेलाई पक्राउ गरेको हो । उनले एक युवतीलाई चिनियाँ युवकसँग बिहे गरेर चीनको उत्तरी सहर हार्विन नामक सहरमा पुर्‍याएको ब्युरोका एसपी गौतम मिश्रले बताए ।

गत वर्ष १ वैशाखमा उनलाई चीन लगिएको थियो । त्यहाँ चिनियाँले उनलाई यौन शोषण गर्नुका साथै वेश्यावृत्तिमा समेत लगाएको पीडितको भनाइ छ । पीडितले बेइजिङस्थित नेपाली दूतावासमा सम्पर्क गरेपछि उनको उद्धार भएको थियो । नेपाल आएपछि उनले प्रहरीमा उजुरी दिएकी हुन् ।

कमजोर आर्थिक अवस्था भएकी युवतीलाई पाँच वर्षपछि चीनको ग्रिनकार्ड बन्छ भनेर फकाएर चिनियाँसँग विवाह गरिएको प्ररहीले जनाएको छ । १३ चैत ०७९ मा चिनियाँसँग जिल्ला अदालत काठमाडौंमा कोर्ट म्यारिज भएको थियो । अनुसन्धानको क्रममा विवाहका नाममा घलेलगायतको समूहले पाँच लाख रुपैयाँ लिएर चिनियाँलाई बिक्री गरेको अनुसन्धानमा खुलेको छ । यो गिरोहमा अरु पनि संलग्न रहेको र अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ । कोर्ट म्यारिज गरी चीन पुगेका धेरै युवतीहरू त्यहाँ समस्यामा परेपछि विगतमा पनि उद्धार गरिएको थियो ।

Published on: 21 May 2024 | Naya Patrika

Link

Back to list

;