s

विदेशमा रहेका नेपालीलाई खाना र बस्ने व्यवस्था गर्न दूतावासलाई मन्त्रीहरूको निर्देशन

कोरोना भाइरस विश्वव्यापी रूपमा फैलिँदै गर्दा विभिन्न देशमा रहेका नेपाली श्रमिक बेरोजगार हुने क्रम बढेपछि उनीहरूलाई खाना र बस्नको व्यवस्थापन गर्न सम्बन्धित दूतावासलाई मन्त्रीहरूले निर्देशन दिएका छन् ।

बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विभिन्न देशमा रहेका दूतावाससँग भिडियो कन्फरेन्स गर्दै उक्त निर्देशन दिएका हुन् ।

परराष्ट्र मन्त्रालयमा भएको भिडियो कन्फरेन्समा पाँचवटा देशका दूतावासले सहभागिता जनाएका थिए । जसमा मलेसिया, इजरायल, जापान, दक्षिण कोरिया र दक्षिण अफ्रिकाका दूतावासबीच भिडियो वार्ता भएको हो । 

वार्तामा कोरोनाका कारण नेपाल फर्किने अवस्था नरहेको जानकारी सम्बन्धित देशमा रहेका नेपाली नागरिकलाई जानकारी गराउन दूतावासहलाई भनिएको थियो ।

साथै, नेपालीको मनोबल खस्कन नदिन कुनै कसर बाँकी नराखी काम गर्न निर्देशन दिइएको थियो ।

साथै दूतावासहरूको तर्फबाट त्यहाँ कुनै पनि नेपालीलाई कोरोना संक्रमण नभएको जानकारी दिइएको थियो । 

Published on: 25 March 2020 | Nayapatrika

Link

Back to list

;