s

विदेशमा रहेका नेपालीका समस्या समाधान गर्न सरकार तयारीमा छ–मन्त्री ज्ञवाली

गाेरखापत्र अनलाइन

काठमाडौँ, जेठ १४ गते । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले विदेशमा अध्ययन एवम् रोजगारीमा रहेका नेपालीहरू कोरोना महामारीको कारण समस्यामा परेको बारे सरकार जानकार रहेकाले समस्या समाधानमा लागिपरेका जनाउनुभएकाे छ । 

नेकपा काठमाडौँ क्षेत्र नम्बर १ का इन्चार्ज अनिल शर्मा नेतृत्वको टोलीले बुधबार परराष्ट्र मन्त्रालयमा ध्यानाकर्षण गराएपछि मन्त्री त्रवालीले यस्तो जानकारी दिनुभएकाे हाे ।

अध्ययन एवम् रोजगारीको सिलसिलमा जापान, अस्ट्रलेलिया, क्यानडा, अमेरिकासहित युरोपियन मुलुकमा पुगेकाहरूलाई प्राथमिकतामा आधारमा उद्दार गर्ने तथा बाँकीलाई एक वर्षसम्मको भाडा छुट गरिदिनका लागि कुटनीतिक तवरबाट सम्बन्धित देशसँग कुराकानी भइरहेको जानकारी दिनुभयाे ।

विद्यार्थीको लागि फीलगायतको समस्या भएको गुनासो आएकाले सो समस्या समाधानका लागि विभिन्न उपाय खोजिएको उहाँले बताउनुभयाे । जसमध्ये नेपालबाट खर्च पठाउन सहज गर्ने, विदेशमै पनि तत्काल फी तिर्न नपर्ने व्यवस्था गरिदिन पहल गर्नैजस्ता कार्य भइरहेको उहाँले बताउनुभयाे ।

दक्षिण कोरियामा कार्यरतहरू कतिपयको भिसाको म्याद सकिएको अवस्थामा उनीहरूलाई स्वदेश ल्याउनका लागि प्राथमिकतामा राखिएको पनि मन्त्री ज्ञवालीले बताउनुभयाे। 

यस्तै खाडीमा पुगेका युवाका लागि रोजगारी, राहत, उपचार र फिर्ता ल्याउने विषयमा छलफल भइरहेको भन्दै उहाँले समस्यामा परेकालाई सरकारले स्वदेश फर्काउने तयारी भइरहेकाे जनाउनुभयाे ।

Published on: 27 May 2020 | Gorkhapatra

 

Link

Back to list

;