s

विदेशमा रहेका नियोगको संख्या पुनरावलोकन गरिने

काठमाडौँ — सरकारले विदेशमा रहेका नेपाली नियोगहरुको संख्याको बारेमा पुनरावलोकन गर्ने भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै विदेशमा रहेका नेपाली नियोगहरुको संख्या पुनरावलोकन गरिने बताएका हुन् । 'नेपालको आर्थिक कुटनीतिलाई वैदेशिक लगानी, व्यापार, पर्यटन प्रवर्द्धन, विकास सहायता परिचालन, प्रविधि हस्तान्तरणको क्षेत्रमा प्रभावकारी हुनेगरी उद्देश्य प्राप्त गर्नका लागि बदलिँदाे परिवर्तन, कार्य बोझ आवश्यकता र औचित्यको आधारमा विदेशमा रहेको नियोगहरुको संख्या पुनरावलोकन गरिने छ' अर्थमन्त्री शर्माले भने 'नेपालीहरुको भौतिक उपस्थिति नरहेकामा भर्चुअल दूतावासको अवधारणा अनुसार सेवा प्रवाह गर्ने व्यवस्था मिलाइने छ।'

Published on: 29 May 2022 | Kantipur

Link

Back to list

;