s

विदेशमा रहेका नेपालीसामु सहयोगको अपील

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना संकटको यो समयमा विदेशमा रहेका नेपालीलाई सहयोग गर्न सरकारले आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नियोगहरुमार्फत सहयोगको लागि आह्वान गरेको हो । नेपालका विभिन्न मुलुकमा गरी ३० राजदूतावास, तीन संयुक्त राष्ट्रसघीय स्थायी नियोग र ६ वटा वाणिज्य दूतावास छन् ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार हरेक मुलुकमा रहेका नेपाली वा उनीहरु आवद्ध संघसंगठनलाई स्वास्थ्य सामग्री सहयोग गर्न अनुरोध गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन सिलिन्डर, पीपीई, अक्सिजन कन्सन्ट्रेटर, मास्क, पन्जालगायत अतिआवश्यक स्वास्थ्य सामग्रीको सूची परराष्ट्रलाई पठाएको थियो । ‘उक्त सूचीलाई नै हामीले विभिन्न नियोगहरुमा पठाएका छौं । त्यहीअनुसार सहयोग गर्नको लागि अनुरोध गरेका हौं,’ लम्सालले भनिन् ।

यसअघि कतार, बहराइन, ओमान, यूएई, कुवेत र साउदी अरेबियामा रहेका नेपालीहरुले खरिद गरी ५६० थान अक्सिजन सिलिन्डर नेपाल पठाएका थिए ।

Published on: 19 May 2021 | Kantipur

Link

Back to list

;