s

विदेशमा रहेका नेपालीमाथिको विभेद हटाउन आग्रह

काठमाडौँ, जेठ ६ गते । विदेशमा रहेका नेपालीमाथि विभेद भएको भन्दै त्यहाँ रहेका पत्रकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गुनासो गरेका छन् ।

आइतबार प्रधानमन्त्रीसँग भेट गर्दै पत्रकार विकासराज न्यौपानेले यस्तो गुनासो गर्नुभएको हो। विदेशमा रहेका नेपालीमाथि राज्यले विभेद गर्ने गरेको उहाँको गुनासो थियो ।

नेपाली विदेश पुगेसँगै देश छोडेको भाष्य निर्माण सरकारी तहबाटै भइरहेको भन्दै उहाँले विदेशमा रहेका नेपालीको साइनो रेमिट्यान्सको मात्र नरहेको उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्री प्रचण्डसँग नेपालबाहिर बस्ने प्रवासी नेपाली र नेपालसँगको सम्बन्ध अरुभन्दा फरक रहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले गैर आवासीय नेपालीको मागलाई सम्बोधन गर्ने र नागरिकतालाई थप कार्यान्वयन गर्ने विषयमा प्रतिबद्धता व्यक्त गर्नुभयो।

Published on: 20 May 2024 | Gorkhapatra

Link

Back to list

;