s

विदेशमा रहेका नेपालीले अर्थतन्त्रको ठूलो हिस्सा धानेका छन् : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विदेशमा रहेका नेपालीले नेपालको अर्थतन्त्रको ठूलो हिस्सा धानेको बताए। मंगलबार बिहान बालुवाटारमा उक्त कुरा बताएका हुन्।

उनले विदेशमा रहेका नेपालीको हकहित र सुरक्षाको प्रबन्ध गर्नु पनि राज्यको जिम्मेवारी भएको बताए। 'वर्तमान सरकार विदेशमा रहेका नेपाली श्रमिक तथा कामदारको हकहित र सुरक्षामा सबैभन्दा बढी संवेदनशील छ', प्रधानमन्त्रीले भने, 'विदेशमा रहेका नेपालीहरूले राष्ट्रिय अर्थतन्त्रको ठूलो हिस्सा धानेका छन्, उनीहरूको हकहित र सुरक्षाको प्रबन्ध गर्नु राज्यको जिम्मेवारी हो। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको आत्मस्वाभिमान र उनीहरूले आर्जन गरेको पुँजी, सीप र प्रविधिलाई नेपालको हितअनुकूल परिचालन गर्न सरकार प्रतिवद्ध छ।'

मंगलबार बिहान विगत २ वर्षदेखि साउदी जेलमा रहेका दिनेश कार्कीका बुवा गणेशबहादुर कार्कीसहितको टोलीलाई बालुवाटारमा प्रधानमन्त्रीले भेटेका थिए। उक्त भेटमा प्रधानमन्त्रीले कार्कीलाई नेपाल फिर्ता गर्ने प्रतिवद्धता गरेका छन्।

सो क्रममा प्रधानमन्त्रीले कार्कीलाई जेलमुक्त गरी नेपाल ल्याउने कार्यको तत्कालन पहल गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षणसमेत गराएका छन्। धनकुटा जिल्लाको चौबिसे गाउँपालिका वडा नं.–४ निवासी कार्की २ वर्षअघि ट्राफिक नियम उल्लंघन गरेको कसुरमा साउदी जेलमा रहेका छन्।

Published on: 21 February 2023 | Annapurna Post

Link

Back to list

;