s

विदेशमा मृत्यु हुने श्रमिकका परिवारलाई दिइने क्षतिपूर्ति रकम बढाउने तयारी

२४ साउन, काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकले पाउने क्षतिपूर्ति रकम बढाउने तयारी गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटले यस्तो रकम बढाउने गरी बजेट तोकेको थियो । सोही अनुसार अब मृतक श्रमिकको परिवारले पाउने क्षतिपूर्ति रकम समेत बढाउने तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेले जानकारी दिए ।

क्षतिपूर्ति रकमलाई समसामयिक बनाउनु पर्छ भनेर यस वर्ष बजेट विनियोजन भएको छ,’ उनले भने, ‘यसलाई अब हामी कार्यविधि बनाएर कार्यान्वयनमा लैजाने तयारीमा छौं ।’

अहिले वैदेशिक रोजगारीमा गएका श्रमिकको विदेशमा नै मृत्यु भएमा परिवारले ७ लाख रुपैयाँ क्षतिपूर्ति पाइरहेका छन् । यसलाई वृद्धि गर्ने तयारी सरकारले गरेको हो । सहसचिव घिमिरेका अनुसार यो रकम कति हुने भन्ने बारे भने कार्यविधि बनिसकेपछि मात्र स्पष्ट हुनेछ । क्षतिपूर्ति बढाएर ९, १० वा १२ लाख कति पुर्‍याउने भन्ने बारे कार्यविधिले नै तोक्ने छ,’ उनले भने, ‘हामी सोही कार्यविधि निर्माणको तयारीको चरणमा छौं ।’ आर्थिक वर्ष २०७४/७५ बाट ७ लाख रुपैयाँ क्षतिपूर्ति दिन थालिएको हो ।

मन्त्रालयका अनुसार यसै कार्यविधिले वैदेशिक रोजगारीमा गएर ज्यान गुमाउने श्रमिकका सन्ततिले पाउने छात्रवृत्ति रकमलाई समेत वृद्धि गर्ने भएको छ ।

सरकारले शिशु कक्षादेखि कक्षा १२ सम्म पढ्न छात्रवृत्ति दिने गरेको छ । अहिले ८ कक्षासम्मको अध्ययनका लागि वार्षिक ८ हजार रुपैयाँ छात्रवृत्ति दिइन्छ । ८ कक्षाभन्दा माथि पढ्ने विद्यार्थीले भने वार्षिक १२ हजार रुपैयाँ पाउँदै आएका छन् । यो रकम समेत कति पुग्ने भन्ने बारे कार्यविधिले तोक्ने भएको छ ।

मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले श्रमिकलाई दिने सेवा सुविधालाई समयानुकूल नभएको भन्दै बढाउने गृहकार्य गरिएको जानकारी दिए ।

विदेशबाट दुःख पाएर फर्कने श्रमिकलाई समेत क्षतिपूर्तिको व्यवस्था गरिने

मृतक परिवारले पाउने क्षतिपूर्ति रकमसँगै विदेशमा पुगेर अङ्‍गभङ्‍ग भएर फर्कने, दुःख पाएर फर्कने र अवैधानिक रुपमा पुगेर दुःख पाएका श्रमिकलाई समेत क्षतिपूर्ति उपलब्ध गराउने गरी कार्यविधि बन्ने सहसचिव घिमिरेले जानकारी दिए ।

‘मृतक परिवारसँगै सरकारले हेर्नुपर्ने अन्य श्रमिकलाई समेत कसरी सम्बोधन गर्ने भन्नेबारे हामीले गृहकार्य गरिरहेका छौं,’ उनले भने ।

कोषहरुलाई एकीकृत गरी लगिने

सरकारले श्रमिकको हितका लागि क्रियासिल कोषहरुलाई समेत अब एकीकृत रुपमा सञ्चालन गर्ने भएको छ । रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष र बीमा गरी अहिले श्रमिकका लागि तीन वटा कोषबाट क्षतिपूर्ति रकम प्रदान गरिँदै आएको छ । अब यी तीन वटै कोषलाई एकीकृत गरी लैजाने गरी गृहकार्य भइरहेको समेत मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारीमा गएका नेपालीलाई हालै मात्र सामाजिक सुरक्षा कोषमा आवद्ध गरिएको हो । रोजगार कल्याणकारी कोषमा भने श्रमिक विदेश जाने बेला नै निश्चित रकम जम्मा गर्ने गरिन्छ । सो रकम मृतक श्रमिकको परिवारलाई क्षतिपूर्ति स्वरुप दिने गरिन्छ ।

विदेशमा कति श्रमिकले गुमाउँछन् ज्यान ?

वैदेशिक रोजगार बोर्डको २०७९/८० को वैशाखसम्मको तथ्यांक अनुसार १० महिनामा १०३२ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७८/७९ को एक वर्षको अवधिमा १ हजार ४७९ जना श्रमिकको निधन भएको थियो । यो तथ्यांक अनुसार दैनिक औसत चार जना श्रमिकको शव नेपाल भित्रने तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७७/७८ यता हरेक वर्ष १ हजार भन्दा माथि श्रमिकको विदेशमा निधन भइरहेको छ ।२४ साउन, काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकले पाउने क्षतिपूर्ति रकम बढाउने तयारी गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटले यस्तो रकम बढाउने गरी बजेट तोकेको थियो । सोही अनुसार अब मृतक श्रमिकको परिवारले पाउने क्षतिपूर्ति रकम समेत बढाउने तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेले जानकारी दिए ।

क्षतिपूर्ति रकमलाई समसामयिक बनाउनु पर्छ भनेर यस वर्ष बजेट विनियोजन भएको छ,’ उनले भने, ‘यसलाई अब हामी कार्यविधि बनाएर कार्यान्वयनमा लैजाने तयारीमा छौं ।’

अहिले वैदेशिक रोजगारीमा गएका श्रमिकको विदेशमा नै मृत्यु भएमा परिवारले ७ लाख रुपैयाँ क्षतिपूर्ति पाइरहेका छन् । यसलाई वृद्धि गर्ने तयारी सरकारले गरेको हो । सहसचिव घिमिरेका अनुसार यो रकम कति हुने भन्ने बारे भने कार्यविधि बनिसकेपछि मात्र स्पष्ट हुनेछ । क्षतिपूर्ति बढाएर ९, १० वा १२ लाख कति पुर्‍याउने भन्ने बारे कार्यविधिले नै तोक्ने छ,’ उनले भने, ‘हामी सोही कार्यविधि निर्माणको तयारीको चरणमा छौं ।’ आर्थिक वर्ष २०७४/७५ बाट ७ लाख रुपैयाँ क्षतिपूर्ति दिन थालिएको हो ।

मन्त्रालयका अनुसार यसै कार्यविधिले वैदेशिक रोजगारीमा गएर ज्यान गुमाउने श्रमिकका सन्ततिले पाउने छात्रवृत्ति रकमलाई समेत वृद्धि गर्ने भएको छ ।

सरकारले शिशु कक्षादेखि कक्षा १२ सम्म पढ्न छात्रवृत्ति दिने गरेको छ । अहिले ८ कक्षासम्मको अध्ययनका लागि वार्षिक ८ हजार रुपैयाँ छात्रवृत्ति दिइन्छ । ८ कक्षाभन्दा माथि पढ्ने विद्यार्थीले भने वार्षिक १२ हजार रुपैयाँ पाउँदै आएका छन् । यो रकम समेत कति पुग्ने भन्ने बारे कार्यविधिले तोक्ने भएको छ ।

मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले श्रमिकलाई दिने सेवा सुविधालाई समयानुकूल नभएको भन्दै बढाउने गृहकार्य गरिएको जानकारी दिए ।

विदेशबाट दुःख पाएर फर्कने श्रमिकलाई समेत क्षतिपूर्तिको व्यवस्था गरिने

मृतक परिवारले पाउने क्षतिपूर्ति रकमसँगै विदेशमा पुगेर अङ्‍गभङ्‍ग भएर फर्कने, दुःख पाएर फर्कने र अवैधानिक रुपमा पुगेर दुःख पाएका श्रमिकलाई समेत क्षतिपूर्ति उपलब्ध गराउने गरी कार्यविधि बन्ने सहसचिव घिमिरेले जानकारी दिए ।

‘मृतक परिवारसँगै सरकारले हेर्नुपर्ने अन्य श्रमिकलाई समेत कसरी सम्बोधन गर्ने भन्नेबारे हामीले गृहकार्य गरिरहेका छौं,’ उनले भने ।

कोषहरुलाई एकीकृत गरी लगिने

सरकारले श्रमिकको हितका लागि क्रियासिल कोषहरुलाई समेत अब एकीकृत रुपमा सञ्चालन गर्ने भएको छ । रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष र बीमा गरी अहिले श्रमिकका लागि तीन वटा कोषबाट क्षतिपूर्ति रकम प्रदान गरिँदै आएको छ । अब यी तीन वटै कोषलाई एकीकृत गरी लैजाने गरी गृहकार्य भइरहेको समेत मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारीमा गएका नेपालीलाई हालै मात्र सामाजिक सुरक्षा कोषमा आवद्ध गरिएको हो । रोजगार कल्याणकारी कोषमा भने श्रमिक विदेश जाने बेला नै निश्चित रकम जम्मा गर्ने गरिन्छ । सो रकम मृतक श्रमिकको परिवारलाई क्षतिपूर्ति स्वरुप दिने गरिन्छ ।

विदेशमा कति श्रमिकले गुमाउँछन् ज्यान ?

वैदेशिक रोजगार बोर्डको २०७९/८० को वैशाखसम्मको तथ्यांक अनुसार १० महिनामा १०३२ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७८/७९ को एक वर्षको अवधिमा १ हजार ४७९ जना श्रमिकको निधन भएको थियो । यो तथ्यांक अनुसार दैनिक औसत चार जना श्रमिकको शव नेपाल भित्रने तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७७/७८ यता हरेक वर्ष १ हजार भन्दा माथि श्रमिकको विदेशमा निधन भइरहेको छ ।

Published on: 10 August 2023 | Onlinekhabar

Link

Back to list

;