s

विदेशमा कमाएर नेपालमा लगानी

यूएईमा श्रमरत केही झापाली युवाहरुले दुई वर्षअघि सुरु गरेको मासिक बचत अभियानले नेपालमा लगानीका लागि कम्पनी दर्ता गरेको छ । आफ्नो आम्दानिको सानो अंशलाई वचत गर्ने बानीको विकास गर्ने उद्देश्यकासाथ मे २०, २०१६ बाट  शुरुआत गरेको ‘नेपाली प्रवासी वचत, ॠण तथा लगानी कोष’ले नेपालमा युनिटी फरेन इन्भेस्टमेन्ट  प्रालि दर्ता गरिएको २७ जुलाई शुक्रबार आफ्नो दोश्रो साधारण सभामा जानकारी दिइएको हो ।
 
झापाली समाज युएईका केन्द्रीय कोषाध्यक्ष भरत बुढाथोकीको प्रमुख आतिथ्यमा यूएईको अबुधावीमा सम्पन्न सभाले हालसम्म २७ लाख रुपैयाँ बचत भएको आर्थिक विवरण सार्वजनिक गरेको छ । नेपाली प्रवासी बचत तथा लगानी कोषको नामबाट संचालित समुहका अध्यक्ष नरेश लामिछानेले कोषको बार्षिक प्रगतिको प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव तेजमणि सुवेदीले वार्षिक प्रगति प्रतिवेदन पेस गरेका थिए । साधारणसभाले कोषाध्यक्ष शेषराज न्यौपानेले प्रस्तुत गरेको आय व्ययसहित प्रत्येक संसस्थापक सदस्य बराबर  हुन आउने २७ लाख बराबरको आर्थिक प्रतिवेदनलाई सर्वसम्मतले पास गरेको छ ।
 
प्रवासमा आफ्नो आम्दानीको सानो अंश १०० दिराम प्रतिमहिना बचत गर्दै सुरु गरिएको कोषमा वचत भएको रकमलाई नेपालमा नै सामुहिक लगानीमा  व्याबसायिक रूपमा केही गर्नुपर्छ भन्ने  उद्देश्यले नेपाल सरकारको कम्पनी ऐन २०६३ अनुसार  ‘युनिटी फरेन इन्भेस्टमेन्ट प्रालि’ दर्ता गरेर संचालनमा ल्याएको छ । कोषका ३१ जना संस्थापक सेयर सदस्यको लगानिमा ३१ लाख अधिकृत पुँजी रहेको कम्पनी संचालनमा आएको हुँदा यस कोषको सम्पूर्ण कारोबार कम्पनिमा रुपान्तरण गरि सोही कम्पनिको विनियम अनुसार गर्ने साधारणसभाले निर्णय गरेको छ ।
 
कार्यक्रममा लेखा समितिका संयोजक मोहनकुमार दाहालले कोषको अन्तरिक लेखा परिक्षण प्रतिवेदन पेश गरी उक्त प्रतिवेदन सर्वसम्मत पास गरिएको थियो भने योजना  तर्जुमा समितिका संयोजक दुर्योधन कार्कीले कोषले आगामि दिनमा सुरु गर्ने योजना प्रतिवेदन पेश गरेका थिए । कोषका अध्यक्ष नरेश लामिछानेको अध्यक्षतामा संचालित सभाको संचालन कोषका सचिव तेजमणि सुवेदीले गरेका थिए । परदेशको कमाईलाई नेपालमा लगानी गरी पुनः बिदेसिनु नपर्ने वातावरण बनाउन यो समूह सक्रिय रहेको अध्यक्ष लामिछानेले अनलाइनखबरलाइ बताए।
 
Published on: 30 July 2018 | Onlinekhabar

Back to list

;