s

विदेशमा गएका नेपाली श्रमिकका समस्याबारे सरकार गम्भीर : श्रममन्त्री कुँवर

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेपाली श्रमिकले विदेशमा गएर भोग्नुपरेका समस्यालाई सरकारले गम्भीररुपमा लिएको बताएका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस-२०२२ को अवसरमा आइतबार आयोजित 'नेपाल आप्रवासन प्रतिवेदन-२०२२' सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री कुँवरले सरकारले नेपाली श्रमिकहरुले विदेशमा गएर भोग्नुपरेका समस्यालाई समाधान र सहज बनाउने विषयमा गम्भीर भएर काम गरिरहेको बताए । सरकारले श्रमिक पठाउने मात्रै नभएर विदेशमा गएका श्रमिकले भोग्नुपरेका समस्याबारे पनि गम्भीर हुन आवश्यक रहेको उनको भनाइ छ ।

उनले सरकारले वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकले पाएको दुःखलाई कम गर्न भए पनि सरकारले श्रमिकका हक र अधिकारलाई स्थापित गर्ने गरी नीतिहरु तय गर्न आवश्यक रहेकोले सरकारले काम गरिरहेको बताए । मन्त्री कुँवरले सरकारले वैदेशिक श्रमिकको हकमा मर्यादित र व्यवस्थित कसरी गर्ने भन्ने कुरालाई विशेष ध्यान दिन जरुरी रहेको बताए ।

उनले वैदेशीक रोजगारीमा गएकाहरुले दुःख गरी कमाएर पठाएको रेमिट्यान्स अर्थतन्त्रको मेरुदण्डको रुपमा स्थापित गर्ने काममात्रै भएको भन्दै श्रमिकले पठाएको रेमिट्यान्स मात्रै नभएर श्रमिकहरुले भोग्नुपरेका विषयमा सरकार गम्भीर हुन आवश्यक गरेको बताए । उनले नेपाली श्रमिकहरुलाई विदेशमा पठाउँदा श्रमिकको मर्यादा र व्यवस्थापनलाई विशेष ध्यान दिन जरुरी रहेको बताए ।

उनले सरकारले विदेशमा रोजगारीका लागि गई अलपत्र परेका नेपाली श्रमिकहरुलाई सहज बनाउने र श्रमिकको हक अधिकार प्राप्तिका लागि राज्यले अभिभावकीयरुपमा काम गरिरहेको बताए ।

‘नेपाली श्रम बजारलाई विदेशमा जसरी नेपालले सहज ढंगले पुर्‍याएका छौं तर त्यहाँ रहेका समस्यालाई मसिनो ढंगले केलाउन आवश्यक छ । सरकारले विदेशमा नेपाली श्रमिक पठाएका छौं । त्यहाँ श्रमिकहरुले दु:खहरु झेल्नुभएको छ । दुःखलाई मलम लगाउने गरी सरकारको तर्फबाट पर्छ । सरकारले वैदेशीक श्रमिकको हकमा मर्यादित र व्यवस्थित कसरी गर्ने भन्ने कुरालाई विशेष ध्यान दिएको छ,’उनले भने ।

त्यस्तै श्रम सचिव एकनारायण अर्यालले २०६५ सालदेखि अहिलेसम्म १३ हजार आप्रवासी नेपाली श्रमिकहरुले काम गर्न जाने देशहरुमा ज्यान गुमाइरहेको बताए । उनले विदेशमा काम गर्ने क्रममा अंगभंग भएर करिब १३ हजारभन्दा बढी नेपाली श्रमिक फर्कनुपर्ने अवस्था रहेको बताए ।

Published on: 19 December 2022 | Kantipur

Link

Back to list

;