s

बिदेशमा गर्ने काम अनलाइनबाटै छान्न पाइने

बैदेशिक रोजगारमा जान चाहनेले आफ्नो काम अनलाइनबाटै छान्न सक्ने ब्यवस्था मिलाइएको छ। कामको प्रकृती, पारिश्रमिक, श्रमिक पठाउने जिम्मा पाएको कम्पनी सबैका बारेमा सिधै  https://foreignjob.dofe.gov.np  मा हेर्न सकिने विभागका महानिर्देशक भिष्मकुमार भुषलले जानकारी दिए।
 
यो प्रविधिले विभिन्न एजेन्ट मार्फत धेरै शुल्क असुल्ने, पारिश्रमिक फरक पर्ने, काम फरक पर्ने, पठाउने कम्पनी थाहा नहुने लगायतको समस्या हल हुने विभागको भनाइ छ। पारिश्रमिकमा ठगिने, तोकिएको भन्दा धेरै समय काम गर्नुपर्ने, तोकिएको सेवा सुविधा नपाउने लगायत समस्या यो प्रविधिले हटाउने भुषलको दाबी छ।‘सामान्य अनलाइन चलाउन जान्नेले अनलाइन हेरेर सिधै मेनपावरमा सम्पर्क गर्न सक्छन,’ उनले सेतोपाटीसगँ भने ‘ मेनपावरले भनेको तलव, काम र स्थान ठीक छ छैन श्रमिकले यहीँबाट हेर्न सक्छन्।’
  
Published on: 26 May 2019 | Setopati

Back to list

;