s

विदेशमा कोरोनाबाट एक सातामा २१ नेपालीको निधन

तुलसी सुवेदी

काठमाडौं : विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट एक सातामा २१ जनाको निधन भएको छ। गैरआवासीय नेपाली संघका अनुसार थप २१ जना नेपालीको ज्यान गएको सो साता पुष्टि भएको हो।

कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, युएईमा १ जना र युगान्डामा १ जना गरी यो साता २१ जनाको ज्यान गएको पुष्टि भएको संघको कोभिड १९ उच्चस्तरीय समितिका प्र.स संयोजक चिरण शर्मालै जानकारी दिए। संघका अनुसार शनिबार साँझसम्म १७ देशमा रहेका २ सय ६५ जना नेपालीको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार शनिबार साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ जना नेपाली कोरोना भाइरसबाट संक्रमति भएका छन्। तीमध्ये ३५ हजार ७८ जना कोरोना संक्रमण मुक्त भइसकेका छन्। कुल संक्रमितमध्ये ९२ प्रतिशत सक्रमित कोरोना जितेर घर फर्किसकेका छन्।

समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार यो साता पोर्चुगल, बेलायत, साउदी अरब, कुवेत, यूएई, संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको छ। कोरोना भाइरसकै कारण नेपालसहित विश्वभर छरिएका नेपालीमध्ये ७ सय ३२ जनाको निधन भएको छ। यस्तै विश्वभर १ लाख १० हजार ६० जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। त्यसमध्ये ८८ हजार ९१ जनाको कोरोना भाइरसबाट मुक्त भएका छन्।

समितिका संयोजक डा. सञ्जीव सापकोटाले कोरोनो सक्रममणको जोखिम उत्तिकै रहेकाले दुई मिटर (६ फिट) सम्मको दुरी कायम गर्न, मास्क लगाउन र भीडभाड नगर्न आग्रह गरेका छन्। ‘कोनोना भाइरस हावाबाट अर्कोमा सर्ने सम्भवना निकै कम हुन्छ’, उनले भने। हावाबाट सर्नै भन्दै भ्रम फैलाइएको भन्दै त्यसमा सत्यता नभएको उनले बताए।

कोरोनाका कारण विश्वव्यापी लकडाउनपछि आत्महत्याको क्रम बढेको छ। आत्महत्याप्रति चिन्ता व्यक्त गर्दै आफ्नो समितिले परिवारभित्र एकले अर्कोलाई प्रशस्त समय दिन पनि सुझाएको छ।

७८ हजार ३ सय ४३ जना फर्किए

कोरोना भाइरसको संक्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपाली फर्काउने क्रम जारी छ। हालसम्म ३२ देशमा अलपत्र परेका ७८ हजार ३ सय ४३ जनाको नेपाली स्वदेश फर्किएका छन्। गैरआवासीय नेपाली संघ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरुको संयुक्त पहलमा नेपाली फर्काइए पनि रोजगार गुमाएर अलपत्र परेका कामदार फर्किन पाएका छैनन्।

Published on: 28 September 2020 | Annapurna Post

Link

Back to list

;