s

विदेशमा बेखर्ची भएकालाई सरकारले निशुल्क स्वदेश फर्काउने

मुलुकहरुमा अलपत्र परेकालाई सरकारले निशुल्क स्वदेश ल्याउने भएको छ। गत सोमबार बसेको मन्त्रिपरिषदको निर्णयबारे बिहीबार पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता डा. युवराज खतिवडाले यस्तो जानकारी गराएका हुन्।

मन्त्रिपरिषद बैठकले कोभिड १९को विश्‍वव्यापी सङ्क्रमणको कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार गरी स्वदेश फिर्ता गर्ने सम्बन्धी निर्देशिका, २०७७ स्वीकृत गर्ने निर्णय गरेको हो।

प्रवक्ता खतिवडाले रोजगार प्रवद्र्धन कोषमा जम्मा भएको रकम प्रयोग गरी विदेशमा अलपत्र परेकाको उद्दार गरिने जानकारी दिए। मन्त्रिपरिषद बैठकले कोषको रकम प्रयोग गर्नका लागि बाधा अड्काउ फूकाउने निर्णय गरेको उनले बताए।

विदेशबाट रोजगारदाताले पनि पठाउन नसकेका र आफूसँग पनि पैसा नभएका तर स्वदेश फर्कनैपर्ने बाध्यता भएकालाई कोषको रकम प्रयोग गरेर स्वदेश ल्याइने खतिवडाले बताए।

उनले भने ‘हामीसँग प्रवद्र्धन कोषमा पैसा छ, कोषमा रकम जम्मा गरेका व्यक्तिहरु वैदेशिक रोजगारमा गई त्यहाँ बेखर्ची भएका, रोजगारदाताले पठाउन नसकेको र फर्कनै परेको स्थिति भएमा यो कोषको रकम प्रयोग गरेर उहाँहरुलाई उद्दार गर्ने निर्णय भएको हो।’

यसरी उद्दार गरिनेले कुनै पनि शुल्क तिर्नुपर्दैन। यसअघि कतिपय आफ्नै खर्चमा स्वदेश फर्किका छन् भने कतिपयलाई रोजगारदाता कम्पनीले नै व्यवस्थापन गरेर स्वदेश फर्काइदिएका थिए।

Published on: 17 July 2020 | Setopati

Link

Back to list

;