s

विदेशमा ३१२ नेपाली मृत्यु, अग्रपंक्तिमा रहेकाले खोप लगाउन थाले

गोरखापत्र अनलाइन

काठमाडौं, पुस १२ गते । पछिल्लो समय विदेशमा कोरोना भाइरस संक्रमणमुक्त हुने नेपालीको संख्या बढेको पाइएको छ । गैरआवासीय नेपाली संघले दिएको जानकारी अनुसार विदेशमा कोरोना संक्रमित मध्ये ९४ दशमलव ५ प्रतिशत नेपाली संक्रमण मुक्त भएका छन् ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिको तथ्यांक अनुसार शनिवार साँझसम्म विदेशमा ५२ हजार ८ सय ७२ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । ती मध्ये ४९ हजार ८ सय ९२ जना कोरोना मुक्त भएका छन् ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा.सन्जिव सापकोटाका अनुसार यो साता विदेशमा कोरोना भाइरसबाट कुनै मानवीय क्षति नभएको बताउनुभयो ।

उहाँका अनुसार यो साता नाइजेरिया, इजिप्स, साउदी अबर, कुवेतमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो ।

कोरोना भाइरसका कारण नेपालमा एक एक हजार ८ सय १९ जनाको निधन भएको छ भने विदेशमा २१ देशमा ३ सय १२ जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ ।

विदेशमा रहेका गैरआवासीय नेपालीहरुले कोरोना भाइरस विरुद्धको खोप लगाउन थालेका छन् ।

पहिलो चरणमा अग्रपंक्तिमा कार्यरत नेपालीहरुले खोप लगाउन थालेका हुन् । हाल बेलायत, कतार, क्यानाडा, साउदी अरब, बहराइनमा रहेका गैरआवासीय नेपालीहरुले कोरोना विरुद्धको खोप लगाइरहेको संघले जनाएको छ ।

Published on: 27 December 2020 | Gorkhapatra

Link

Back to list

;