s

विदेशमा १ सय ९१ जना नेपालीको मृत्यु

काठमाडौं :  विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण विदेशमा १ सय ९१ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघका अनुसार भारतमा यो साता थप २ जनाको कोरोनाका कारणले निधन भएको हो। 

विश्वमा ३८ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित भएको संघले जनाएको छ। ती मध्ये १६ देशमा रहेका नेपालीको कोरोनाका कारणले मृत्यु भएको हो।

कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, भारत, नेपाल, साउथअफ्रीका लगायतका देशमा रहेका नेपालीहरुको ज्यान गएको थियो।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा संजीव सापकोटाका अनुसार यो साता प्राप्त तथ्यांक अनुसार यो साता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, कतार, साउदी अरेवियामा रहेका नेपालीमा थप नयाँ संक्रमण देखिएको छ। संघका अनुसार गत हप्ताको तुलनामा मध्यपूर्वका देशहरु कतार, युएई, साउदी अरब लगायतका देशमा कोरोना संक्रमणको दरमा कमि आएको छ। यो साता अष्ट्रेलिया रहेका १४६ जना नेपालीमा नयाँ संक्रमण थपिएको समितिले जनाएको छ।

समितिका अनुसार गत साता लग्जेम्वर्गमा रहेका नेपालीमा सामूहिक रुपमा देखिएको कोरोना संक्रमित क्रमश संक्रमणमुक्त हुँदै गएको गैरआवासीय नेपाली संघको कोभिड १९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरण शर्माले जानकारी दिए।

संघका अनुसार लग्जेम्वर्गमा करिब दुई दर्जन नेपालीमा कोरोना संक्रमण रहेको छ। ती सबै आइसोलेसनमा रहेका छन्। लग्जेम्वर्गमा थप संक्रमण देखिएको छैन्। 

हालसम्म नेपालसहित ५५ हजार ९ सय २५ जनामा कोरोना संक्रमण देखिएको छ। तीमध्ये ४७ हजार ४ सय ३७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

संघका अनुसार शनिबार साँझसम्म ५८ हजार नेपाली स्वदेश फर्किएका छन्।

Published on: 16 August 2020 | Annapurna Post

Link

Back to list

;