s

विदेशको सिप स्वदेशमा उपयोग गरिने

विनोद सुवेदी

विदेशबाट विभिन्न कारणले फर्किएका नेपालीहरूको सिपलाई सदुपयोग गर्दै नेपालमै रोजगारी उपलब्ध गराइने भएको छ। अन्तराष्ट्रिय श्रम संगठनको सहयोगमा सञ्चालित वेलकम होम परियोजनाले बैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई नेपालमै रोजगारी उपलब्ध गराउने तयारी गरेको हो।

परियोजना प्रदेश १ को झापा, मोरङ र सुनसरीमा सञ्चालन भइरहेको छ। सोमबार विराटनगरमा आयोजित अन्तक्र्रियामा परियोजनाको मुख्य उद्देश्य स्थानीय तहलाई जिम्मेवार बनाएर क्षमता अभिवृद्धि गराउँदै वैदेशिक रोजगारबाट फर्केकाहरुलाई समाजमा पुनःएकीकरण गराउनु भएको आयोजक संस्था कथा नेपालले जनाएको छ।

त्यसबाहेक परियोजनाले वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई रोजगारीमा आबद्ध गराई, उद्यमशीलताको प्रवद्र्धन गरी सामाजिककरण गर्ने जनाइएको छ। परियोजनाले मुख्यतः कृषि, पर्यटन र निर्माण क्षेत्रमा काम गर्ने वेलकम होमका नेपाल संयोजक ताराप्रसाद बखरियाले जानकारी दिए।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले वेलकम होम परियोजनालाई सफल बनाउन सबैको सहयोग आवश्यक पर्ने बताए। मेयर कोइरालाले नेपालमा नै रोजगारी सिर्जना गर्न सके कसलै पनि विदेशिनुपर्ने अवस्था नहुने उल्लेख गरे। उनले बैदेशिक रोजगारीबाट फर्किएका कामदारहरूको सिपको सदुपयोग गरी स्वदेशमै रोजगारी उपलब्ध गराउने विषयमा विराटनगर महानगरपालिका सहकार्यगर्न तत्पर रहेको बताए।

Published on: 18 October 2022 | Nagarik

Link

Back to list

;