s

विदेशका नेपालीलाई सघाउन एनआरएनएलाई परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौँ — परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना संक्रमणको जटिल स्थितिमा सम्बद्ध दूतावासको सहकार्यमा विदेशमा रहेका नेपालीलाई सहयोग गर्न गैरआवासीय नेपाली संघलाई आग्रह गरेका छन् । उनले सोमबार संघका अध्यक्ष कुमार पन्तसहित अन्य मुलुकका एनआरएनए प्रमुखहरूसँग  छलफल गरेका हुन् ।

खाडी, युरोप, अमेरिका, उत्तर–पूर्वी एसिया र अस्ट्रेलियामा रहेका गैरआवासीय नेपालीका प्रतिनिधिसँगको छलफलमा उनले नेपालमा भूकम्पलगायत समस्याको बेलामा जस्तै सहयोग कोरोना संक्रमणमा पनि देखाउन आग्रह गरे ।

छलफलमा एनआरएनए प्रतिनिधिहरूले सम्बन्धित मुलुकमा नेपालीको अवस्था र उनीहरूले त्यहाँका नेपाली दूतावाससँग मिलेर गरेका कामबारे उल्लेख गरेको मन्त्रीका प्रेसविज्ञ सूदन ज्ञवालीले कान्तिपुरलाई जानकारी दिए ।

कोरोना भाइरसका कारण प्रवासी तथा अध्ययन र अन्य कामका लागि गएका नेपालीको अवस्था, भविष्यको रणनीति र आउन सक्ने अप्ठ्यारा कम गर्ने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ ।

Published on: 21 April 2020 | Kantipur

Link

Back to list

;