s

विदेशिने कामदार एड्सको जोखिममा

रोजगारीका लागि विदेश जाने कामदार यौन तथा एड्स रोगको जोखिममा रहेको बताइएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र र रनभ्यानको आयोजनामा भएको कार्यक्रममा केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक शम्भु काफ्लेले विदेशिने कामदारका साथै यौनकर्मी, लागूपदार्थ दुव्र्यसनीको समूह एड्सको जोखिममा रहेको बताउनुभयो । उहाँले सन् २०३० सम्ममा एचआईभी/एड्स सङ्क्रमण शून्य बनाउने लक्ष्यका साथ सरकारले काम गरिरहेको जानकारी दिनुभयो ।  

एचआईभी न्यूनीकरण गर्नका लागि सञ्चारमाध्यमको महìवपूर्ण भूमिका हुने भन्दै उहाँले पछिल्लो समय एड्स रोगी ७२ हजारको सङ्ख्याबाट ३२ हजारमा झरेको बताउनुभयो ।  काफ्लेले एचआईभी सङ्क्रमण दर घट्दो क्रममा रहेको भन्दै एड्सलाई शून्यमा झार्न भने समय लाग्ने बताउनुभयो । सन् २०१५ मा वयष्क जनसङ्ख्याको ०.२० प्रतिशतमा एचआईभी सङ्क्रमण रहेको पाइएको छ । हरेक वर्ष एक हजार ३३१ व्यक्तिमा नयाँ सङ्क्रमण हुने गरेको केन्द्रले जानकारी दिएको छ । जोखिममा रहेका समूहका पाँच प्रतिशतमा एचआईभी सङ्क्रमण रहेको छ ।  

नेपालमा जथाभावी तथा असुरक्षित यौन सम्पर्कबाट एचआईभी/एड्स सर्ने गरेको अध्ययनले देखाएको छ । वीर अस्पतालका चिकित्सक डा. सुशील जोशीले नेपालमा एचआईभी-एड्स न्यूनीकरणका लागि १० प्रतिशत राष्ट्रिय स्रोत र ९० प्रतिशत बाह्य स्रोत रहेको बताउनुभयो ।  

Published on: 5 July 2017 | Gorkhapatra

Back to list

;