s

विदेशबाट उद्धार गर्नेको हिसाब हुँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले वैदेशिक रोजगारीको क्रममा समस्यामा परेकामध्ये कतिलाई उद्धार गर्नुपर्ने हो भन्नेबारे अध्ययन भइरहेको बताएका छन् । मंगलबार संघीय संसदमा आगामी वर्षको बजेटका नीति तथा कार्यक्रमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले विदेशबाट ल्याउनुपर्ने नेपालीबारे सरकारले हिसाबकिताब गरिरहेको बताए । 

‘अमेरिका, अस्ट्रेलियाले नेपालबाट एक–दुई सय नागरिकलाई स्वदेश फर्काएजस्तो सजिलो हामीलाई छैन,’ उनले भने, ‘विदेशमा रहेका ४०–५० लाख नेपालीलाई ल्याउँदा कति समय लाग्ला ?’

उनले अहिलेको जरूरी देशभित्र र देशबाहिर रहेका सबै नेपाली सुरक्षित हुनुपर्छ भन्नेमा सरकार प्रस्ट रहेको बताए । विदेशबाट फर्कनेका लागि राख्न अहिले नै पर्याप्त क्वारेन्टाइन तयार नभएको उनको भनाइ छ । 

‘जनशक्ति जति विदेशमा छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘विदेशबाट फर्कनेको व्यवस्थापन कसले गर्ने भन्ने सवाल महत्वपूर्ण हो ।’ विदेशमा रहेका नेपालीलाई सुरक्षित राख्न कुवेत, कतार, बहराइन, ओमान, साइप्रस, इजरायलका प्रधानमन्त्री/मन्त्रीहरूसँग कुरा गरेको उनको भनाइ छ । आफू प्रधानमन्त्री भएयता युवालाई देशभित्र काम गर्न आकर्षित गरिरहेको ओलीले दाबी गरे ।

Published on: 20 May 2020 | Nagarik

Link

Back to list

;