s

विदेशबाट फर्केका २० हजारलाई विद्यालय निर्माणमा लगाइँदै

कोरोना भाइरस संक्रमणका कारण विदेशमा रोजगारी गुमाएका नेपालीलाई पुनर्निर्माणमा लगाउने तयारी भएको छ । खाडी मुलुकसहितका देशबाट फर्किएका करिब २० हजारलाई तीन सय ६५ दिन नै विद्यालय पुनर्निर्माणमा काम दिन सक्ने पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा)का आयोजना उपनिर्देशक ई. दिलीपशेखर श्रेष्ठले बताए । 

सीप भएका र नभएका दुवै किसिमका कामदार गरी करिब २० हजारलाई काम दिन सक्ने आकलन गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा जानकारी गराएको उनले बताए । उनले भने, ‘बजेट हुनुपर्‍यो, जनशक्तिका कारण पुनर्निर्माणलाई असर पर्दैन ।’ 

विद्यालय व्यवस्थापन समितिमार्फत हुने काममा धेरै अवसर रहेको उनले बताए । निर्माण गर्नुपर्ने विद्यालयमध्ये ७४ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ भने २० प्रतिशत निर्माणाधीन छन् । ६ प्रतिशत विद्यालयको निर्माण सुरुसमेत भएको छैन ।

Published on: 24 April 2020 | Nayapatrika

Link

Back to list

;