s

विदेशबाट फर्केर ४० लाख लगानीमा स्थानीय जातका कुखुरा पालान

कैलाश लामा

चरिकोट, चैत २७ गते । लोकल कुखुरा भन्ने बित्तिकै मासु र अण्डाको लागि राम्रो मानिन्छ । विशेषगरी गाउँघरमा पाहुनाको सत्कार, पूजाआजा, विरामी तथा सुत्केरीलाई खुवाउनका लागि लोकल कुखुरा पालिने गरिन्छ । तर दोलखाको मेलुङ गाउँपालिकामा भने व्यवसायिक रुपमा लोकल कुखुरापालन सुरु गरिएको छ ।

गाउँपालपकाको वडा नम्बर ७ सीतलीमा करिब ४० लाख रुपियाँ लागतमा लोकल कुखुरापालन व्यवसाय सुरु गरिएको हो ।

गत कात्तिकमा सात सय ५० लोकल चल्ला हालिएको फर्ममा हाल पाँच सय भन्दा बढी लोकल कुखुरा रहेको सञ्चालक विदुर कार्कीले बताउनुभयो ।

बैदेशिक रोजगारीबाट फर्केका उहाँले ६ रोपनी जग्गामा तारजाली कम्पाउण्ड, स्टिलट्रस भवन लगाएत निर्माण गरी लोकल कुखुरापालन व्यवसाय सुरु गरिएको बताउनुभयो ।

गाउँघरमा पालिने बाताबरणमै कुखुरा पालिएको बताउँदै उहाँले भन्नुभयो कुखुरालाई गहुँ, मकै र घाँस लगात खुवाउने गरेका छौँ । कुखुराले हाल दैनिक ७० देखि ७५ वटासम्म अण्डा दिइरहेको छ । अण्डा चार सय ५० रुपियाँ क्रेटमा बिक्री भइरहेको छ भने मासु ६ सय रुपियाँ किलोमा बिक्री भईरहेको छ ।

छ महिनामा मासुको लागि तयार हुने कुखुराको तौल डेढ किलोदेखि साढे दुई किलोसम्म हुने गरेको कार्की बताउनु हुन्छ । उत्पादित कुखुरा रामेछापको मिल्ती, देविटार, मन्थली बजार र दोलखा सदरमुकाम चरिकोट सम्म बिक्रीवितरण भइरहेको उहाँले बताउनुभयो ।

Published on: 9 April 2021 | Gorkhapatra

Link

Back to list

;