s

विदेशबाट फर्किनेलाई प्रयोग गरी सुन तस्करी, समातिए युवक

काठमाडौं प्रहरी परिसर, टेकुले सुनसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा घर भइ काँडाघारी बस्दै आएका २८ वर्षीय समिर श्रेष्ठ छन् ।
 
उनलाई २५० ग्राम सुन र ४१ हजार रुपैयाँ नगदसहित पक्राउ गरिएको परिसरका डीएसपी होविन्द्र बोगटीले अनलाइनखबरलाई बताए।
 
उनका अनुसार श्रेष्ठले यूएई, कतार लगायतका मुलुकबाट फर्किने कामदारसँग प्रतिव्यक्ति ५०÷५० ग्राम सुन ल्याउन लगाउने गरेका थिए । त्यसवापत उनले प्रतिव्यक्ति ६ हजार रुपैयाँ दिने गरेका थिए ।
 
त्यसपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटमा संकलन गर्दै गर्दा उनलाई समातिएको प्रहरीले जनाएको छ ।
 
‘प्रतिव्यक्ति ५० ग्राम सुन ल्याउन पाउने प्रावधानको दुरुपयोग गर्दै उनले तस्करीको धन्दा चलाएको भेटिएको छ’, बोगटीले भने, ‘थप अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान विभागमा पठाएका छौं ।’
 
Published On: 13 January 2019 | Online khabar

Back to list

;