s

विदेशबाट आइपुगे ९५६ नेपाली, कुन देशबाट कति?

बुधबार विभिन्न मुलुकबाट ९५६ नेपाली फर्किएका छन्।  १० अन्तर्राष्ट्रिय चार्टर्ड उडानमार्फत उनीहरू अन्तर्राष्ट्रिय त्रिभवुन विमास्थल (काठमाडौं) ओर्लिएका हुन्। 

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दुबईबाट १५० र सोही एयरलाइन्सले दोहाबाट १४८ नेपाली काठमाडौं ल्याएको हो।

यस्तै हिमालय एयरलाइन्सले दोहाबाट १५४ र क्वालालम्पुरबाट १५१ नेपालीलाई आज नेपाल ल्याएको छ । आजै कतार एयरवेजले दोहाबाट १७७ र मालिन्दो एयरले क्वालालम्पुरबाट १७६ नेपालीलाई नेपाल ल्याएको छ।  

बिहीबार पनि विभिन्न मुलुकबाट ११ अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुनेछन्। हिमालय एयरलाइन्स चीनको टियान्जिन, अबुधाबी र दुबईबाट नेपालीको उद्धार गरी काठमाडौं ल्याउने तालिका रहेको विमानस्थलले जनाएको छ। 

त्यस्तै नेपाल एयरलाइन्सले क्वालालाम्पुर, रियाद, दोहा र दुबईबाट यात्रु ल्याउने छ। विभिन्न मुलुकबाट नेपालीको उद्धार उडानका लागि नेपालको तर्फबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सले चार्टर्ड उडान गरिरहेका हुन्।

Published on: 8 July 2020 | Nagarik

Link

Back to list

;