s

विदेशमा भएका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरुलाई आफू कार्यरत देशबाटै मतदान गर्ने व्यवस्था गर्न निर्देशनात्मक आदेश दिएको छ ।
 
न्यायाधीश सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको इजलासले निर्देशनात्मक आदेश दिएको हो ।
 
मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न र त्यसका लागि आवश्यक तयारी गर्न निर्देशनात्मक आदेश दिएको अधिवक्ता अनुराग देवकोटाले जानकारी दिए । यद्यपि आदेशको पूर्ण पाठ आएको छैन ।
 
वैदेशिक रोजगारमा गएकाहरुको मतदानको हक सुनिश्चित गर्न माग गर्दै ‘सामाजिक न्यायका लागि कानुन नीति नियम मञ्च’ले १४ वैशाख २०७३ मै सर्वोच्चमा रिट दायर गरेको थियो ।
 
Published on: 23 March 2018 | Onlinekhabar

Back to list

;