s

विदेशमा बसेका नेपालीलाई भोट हाल्ने व्यवस्था मिलाउन सर्वोच्चकाे आदेश

सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मतदान गर्न पाउने व्यवस्था मिलाउन आदेश दिएको छ । न्यायाधीश सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले निर्वाचन आयोग र सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको हो ।
 
विदेशमा रहेका कामदारलाई नेपाली दूतावासमार्फत मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई आदेश दिइएको हो । सामाजिक न्यायका लागि कानुनी मञ्चका तर्फबाट प्रेमचन्द्र राईले गत १४ वैशाखमा रिट दायर गरेका थिए ।
 
रोजगारीको सिलसिलामा बिदेसिएका नेपाली मतदातालाई अब निर्वाचनमा मतदान गर्न पाउने अधिकार सुनिश्चित हुनेछ । मतदाता सूचीमा रहेर विदेशमा रोजगारीका लागि गएका व्यक्तिले नेपालमा हुने निर्वाचनमा मतदान गर्न पाउने बाटो सर्वोच्चले खोलिदिएको छ ।
 
Published on: 23 March 2018 | Naya Patrika

Back to list

;