s

विदेशबाट फर्केका र जाने सम्भावित कामदारबिच अन्तरक्रिया

वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित तथा लाभदायक बनाउन सुरिक्षत रोजगार सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रममा सम्पन्न भएको छ । 
 
कार्यक्रममा विदेशबाट फर्केका र जाने सम्भावित कामदारबिच अन्तरक्रिया भएको छ । सबल नेपालको आयोजनामा तथा सामी हेल्भेटास नेपालको सहयोगमा रिटर्नी तथा सम्भावित कामदार बिच अन्तरक्रिया  भएको हो । 
 
राजविराज १२ पिपराही टोलका युवालाई वैदेशिक रोजगारमा जाँदा अपनाउनु पर्ने सावधानीका बारेमा जानकारी गराइएको सबल नेपालका कार्यक्रम अधिकृत चन्दनकुमार यादवले बताउनुभयो । विदेश जाँदा सबै कुरा बुझेर तथा सीप सिकेर जानु पर्ने जानकारी गराइएको थियो । कार्यक्रममा विदेशबाट फर्केका र जान तयारी गरिरहेका ४० जना युवाको सहभागिता रहेको थियो ।
 
Published on: 23 March 2018 | Ujyaaloonline

Back to list

;