s

विदेश पठाइदिन्छू भन्दै ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीका लागि ओमान पठाइदिन्छु भनी रकम ठगी गर्ने २५ वर्षीय उज्ज्वलराज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११ घर भई हाल काठमाडाैं महानगरपालिका–६, बौद्ध बस्ने पाण्डेले विवेक सुनारसहित तीनजनालाई वैदेशिक रोजगारीका लागि ओमान पठाइदिन्छु भन्दै पाँच लाख ३० हजार लिई सम्पर्कविहीन भएका थिए ।

उनले ओमान जान प्रतिव्यक्ति दुई लाख ५० हजार लाग्ने र मासिक ६० हजार तलब हुने प्रलोभनमा ठगी गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको थियो । कार्यालयको टोलीले पाण्डेलाई आइतबार बौद्धबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।

Published on: 23 January 2024 | Naya Patrika

Link

Back to list

;