s

विदेश पठाएर दुःख दिनेलाई बन्धक

राम्रो कमाइ हुने प्रलोभन देखाएर विदेश पुर्या ई अलपत्र पार्नेलाई स्वदेश फर्किएपछि ती व्यक्तिहरूले बन्धक बनाएका छन् । मलेसियामा राम्रो काम र कमाइ हुने भन्दै विदेश पठाउने सप्तरीका झबरु चौधरीलाई बन्धक बनाएका हुन् । बन्धक बनाउने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 
उनीहरूमा दोलखाका होमबहादुर सुनुवार, ओखलढुंगाका गंगा सुनुवार, अछामका नरेश ढुंगाना र मोरङका रोशनराज भण्डारी छन् । त्यसमा संलग्न नुवाकोटका शंकर मगर फरार रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी अपराध महाशाखाले असार २५ गते सप्तरीका झबरु चौधरीलाई अपहरण गरेको सूचना पाएको थियो । त्यही सूचनाका आधारमा अनुसन्धान गर्दै गएको प्रहरीले अपहरण नभई पैसा उठाउनका लागि कोठामा राखेर कुरा गरेको थाहा पाएको थियो । 
 
चौधरीले सुनुवारद्वयलाई २०६८ माघमा मलेसिया पठाएका थिए । मलेसियामा भनेजस्तो काम नपाएका उनीहरूले कामअनुसारको तलबसमेत नपाएको प्रहरीले जनाएको छ । 'तलब नपाएपछि नेपाल फर्किएर आउन खोजेका उनीहरूलाई चौधरीले त्यहीको दलाल लगाएर बन्धक बनाइराखेका रहेछन्,' अनुसन्धानमा संलग्न एक अधिकृतले भने, 'उनीहरू त्यहाँबाट फुत्किएर आएपछि चौधरीलाई भेटेर पैसा माग्दा लुकीछिपी हिंडेका रहेछन् ।' फर्किएर आएका उनीहरूले वैदेशिक रोजगार विभागमा चौधरीविरुद्ध उजुरी हालेका थिए । 
 
विदेशमा पीडित भएका उनीहरूले एक दिन बाटोमा झुबरुलाई देखेपछि नियन्त्रणमा लिएर पैसा मागेको प्रहरीले जनाएको छ । उनीहरूले आफू जाँदा लागेको खर्च र त्यसको ब्याज मागेका थिए । उनीहरूले कोटेश्वरबाट चौधरीलाई नियन्त्रणमा लिएर त्यहीको रामेछाप होटलमा लगी उनको साथमा रहेको ४७ हजार रुपैयाँ लिएको प्रहरीले जानकारी दिएको छ ।
 
Published on: 12 July 2013 | Kantipur

Back to list

;