s

विदेश पठाउने भन्दै ठग्दै

विदेश पठाउने भन्दै १७ जनालाई ठगी गरेको अभियोगमा प्रहरीले पर्वत दिमुवाका प्रदीप गुरुङलाई पक्राउ गरेको छ । साउदी अरबको अलभेरा कम्पनीमा काम गर्न पठाउने भन्दै १३ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । उनी यसअघि पनि विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका थिए । उनले ठगी गर्नकै लागि अर्कैको नाममा नागरिकता, राहदानी र सवारी चालक अनुमतिपत्र नक्कली निकालेका थिए । ३३ वषर्ीय उनले ५ महिनाअघि म्याग्दीको बेनी पुगेर त्यहाँ स्थानीय भोगमाया बुढाथोकीसँग विवाह गरेका थिए । त्यहीबाट सीता गुरुङ र आफ्नै साढु दाइमार्फत ७/७ लाख गरी १४ लाख रुपैयाँ लिएर फरार भएको प्रहरीले जनाएको छ । उनले त्यहाँ विवाह गरेकी बुढाथोकीलाई त्यही छाडेर दमौलीकी आस्मा लम्साल भन्ने युवतीसँग प्रेमविवाह गरेका थिए । लम्साललाई लिएर उनी काठमाडौंमा केही दिन बसेपछि दोलखाको जिरी पुगेर बसेका बेला प्रहरीले उनलाई पक्राउ गरेको हो । गुरुङ ९ वर्षअघि पनि सिन्धुलीमा यसरी नै ठगी गरेर भागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १४ वर्षअघि पोखरादेखि बाग्लुङ जाने बाटो निर्माणमा कुल्लीको काम गरेका थिए । त्यसको दुई वर्षपछि म्याग्दीकै रेखा गुरुङसँग विवाह गरेर साउदी गएका उनी स्वदेश फकर्ंदा श्रीमती पैसासहित बेपत्ता भएकी थिइन् । त्यसपछि भाडाको गाडी चलाउँदै सिन्धुली पुगेको बताएका छन् । सिन्धुलीमा पनि उनले अञ्जु थापासँग विवाह गरेका थिए । त्यहाँ विदेश पठाउने भन्दै श्रीमती र सासूसँग मिलेर १२ लाख रुपैयाँ ठगी गरेर देहरादुन फरार भएका थिए । ४ महिना जति देहरादुन बसेर फर्किएका उनलाई जनकपुरमा प्रहरीले समातेको थियो । ठगी मुद्दामा अदालतले १२ लाख रुपैयाँ धरौटी माग गरेको थियो । माग गरेबमोजिमको धरौटी तिर्न नसकेपछि झन्डै ४ वर्ष कारागार बसेर छुटेका थिए । त्यसपछि पुनः विदेश पठाउने भन्दै ठगी गर्न सुरु गरेका थिए ।

 Published on: 6 April 2013 | Kantipur

Back to list

;