s

विदेश लैजाने भन्दै ठग्ने पक्राउ

विभिन्न व्यक्तिलाई विदेश लैजाने भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले प्यूठानका शशिधर खड्कालाई पक्राउ गरेको हो । उनले स्वर्गद्वारी मानव कल्याण केन्द्र सञ्चालन गरेर विभिन्न व्यक्तिलाई जापान, स्विट्जरल्यान्ड र क्यानडा लगायतका देश पठाउने भन्दै ५० लाख रुपैयाँभन्दा बढी ठगी गरेको ब्युरोले जनाएको छ । ब्युरोका अनुसार उनले उक्त संस्थाको सदस्यता लिएपछि ती देशमा जान सजिलो हुने भन्दै ठगी गरेका हुन् । उनले ती देशबाट डोनरले विद्यार्थीका लागि संस्थालाई कोटा पठाउने र त्यसैका आधारमा लैजाने भन्दै प्रत्तिव्यक्ति २ लाख ५० हजार रुपैयाँ असुल गरेको जनाएको छ । प्रहरीले उनको साथबाट १ लाख नगद र विभिन्न व्यक्तिका १२ वटा राहदानी बरामद गरेको छ ।

Published On: 26 November 2012 | Kantipur 

Back to list

;