s

विदेश जानेलाई ८१ स्थानबाट पीसीआर परीक्षण

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैदेशिक रोजगारसहित विदेश जानेलाई कोभिड-१९ को पीसीआर परीक्षण सबै सरकारी प्रयोगशाला, न्यूनतम सय बेड भएका अस्पतालमा आधारित रहेका र ए वर्गका निजी प्रयोगशालाहरुले गरेको मान्य हुने जनाएको छ ।

वैदेशिक रोजगारमा जाने कामदारहरुले कहाँबाट पीसीआर गराउँदा मान्यता हुने भन्ने दुविधा देखिएपछि मन्त्रालयले शनिबार स्पष्ट गर्दै गत वैशाख १९ गते भएको निर्णयमा कुनै परिवर्तन नभएको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. सोमकुमार अधिकारीका अनुसार वैशाख १९ गते नै मन्त्रालयद्वारा तोकिएको पीसीआर गराउने प्रयोगशालाहरु परिवर्तन भएको छैन । 

सरकारले प्रमुख गन्तव्यमा थप उडान र चार्टर सेवाको अनुमति दिएपछि बिदामा आएका र नयाँ श्रम स्वीकृति पाएका कामदारको विदेश जान चाप बढेको छ । कतार जानको लागि काठमाडौं आएका भोजपुरका उमेश भुर्तेलले प्रर्याप्त सूचना नहुँदा पीसीआर परीक्षण गराउने निकाय थाहा नपाउँदा निकै अन्योल भएको बताए ।

मन्त्रालयका अनुसार ५१ वटा सरकारी अस्पताल र ३० वटा निजी अस्पताल र ए वर्गका निजी प्रयोगशालाहरु छन् ।

Published on: 20 June 2021 | kantipur

Link

Back to list

;