s

विदेश जाने युवालाई ठगेको आरोपमा गाउँपालिका अध्यक्ष प्रहरी थानामा

रामारोशन गाउँपालिकाका अध्यक्ष झञ्करबहादुर साउद (भाष्कर) ठगी आरोपमा काठमाडौंबाट प्रहरीको फन्दामा परेका छन् । युवालाई विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा काठमाडौंस्थित काँडाघारी प्रहरीले उनलाई कार्यालयमा झिकाएर वयान लिएको छ ।
 
तीन वर्षअघि साउदले ४ जना युवाबाट ४ लाख रुपैयाँ ठगेको आरोपमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उजुरी परेको थियो । काँडाघारी प्रहरीले अध्यक्ष साउदलाई कार्यालयमा हाजिर गराएर वयान लिएको छ । साउद तत्कालीन नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनी तत्कालीन नेकपा माओवादी केन्द्रका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्यसमेत थिए ।काँडाघारी प्रहरीले अध्यक्ष साउदलाई सामान्य सोधपुछ गरेर छाडेको स्रोतले बतायो ।
 
Published on: 17 July 2018 | Onlinekhabar

Back to list

;