s

विदेश जानका लागि पीसीआर अब ‘ए’ ग्रेडको प्रयोगशालाबाट मात्र

काठमाडौं : विदेश जाने प्रयोजनका लागि अब ‘ए’ ग्रेडको प्रयोगशालाबाट मात्र पीसीआर परीक्षण हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार विदेश जाने प्रयोजनका लागि हुने पीसीआर अब ‘ए’ ग्रेजको अस्पतालबाट मात्र हुने भएको हो ।

बुधबार सूचना सार्वजनिक गर्दै अधिकारीले यस्तो निर्णय भएको जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार पीसीआर परीक्षणपछि प्राप्त रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो, वारकोड वा आई एम यू अनलाइन प्रणालीबाट हेर्न मिल्ने गरी उपलब्ध गराउनुपर्ने छ ।

Published on: 29 April 2021 | Annapurna Post

Link

Back to list

;