s

विदेश जान पीसीआर रिपोर्टमा फोटो र बारकोड चाहिने

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख १५ गते । अब विदेश जानेहरुका लागि सरकारी प्रयोगशाला तथा मापदण्ड बमोजिमका अस्पतालकोे रिपोर्टलाई मात्र मान्यता दिइने भएको छ । पीसीआर परीक्षण गर्न सरकारी प्रयोगशाला तथा मापदण्ड बमोजिमका अस्पतालका आधारमा ए वर्गका प्रयोगशालाहरुबाट मात्र परीक्षण हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आज एक सूचना गर्दै परीक्षण हुने रिपोर्टहरु सम्बन्धित व्यक्तिको फोटो र बारकोड वा आई एम यू अनलाइन प्रणालीबाट नाकामै हेर्न मिल्ने गरी उपलब्ध गराइएको रिपोर्ट मात्रै मान्य हुने व्यवस्था गर्ने निर्णय भएको मन्त्रालयले बताएको छ ।

Published on: 29 April 2021 | Gorkhapatra

Link

Back to list

;