s

विदेशबाट फर्कँदा श्रीमती गायब भएपछि गाउँपालिकामा उजुरी

कृष्ण पाेखरेल

रम्भा गाउँपालिका वडा नंं २ का विरबहादुर ( नाम परिवर्तन) श्रीमती लाई घरमै छोडी धन कमाउन मलेसिया गए । दुई बर्ष सम्म विरबहादुरले मलेसिया बाट श्रीमती लाई महिना महिनामा पैसा पठाईदिए । जव विरबहादुर घर आए तव श्रीमती नै वेपत्ता भईन । विरबहादुरले श्रीमती लाई घर माईती आफन्त ईष्टमित्र जताततै खेजी गरे पाएनन । विरबहादुरले श्रीमती खोजविन गरिदिन रम्भागाउँपालिकाको न्यायिक समितीमा उजुरी दिए । विरबहादुर जस्तै पाल्पाका १० वटा स्थानीय निकायमा श्रीमती खोजविन गरिदिन न्याययिक समिती उजुरी पर्दै आएको छ । स्वदेशमा रोजगारी छैन भनेजस्तो काम पाईदैन धन कमाउन विदेश जानै पर्यो विदेशमा कमाएको धनपनि गयो, श्रीमती पनि गई विरबहादुर पिडा पोखे ।

पाल्पा जिल्लाका दुई नगरपालिका र ८ वटा गाउँपालिकाको न्यायिक समितीमा १ बर्षको अवधीमा १ सय ४९ वटा मुद्दा उजुरी परेकोमा १४ वटा उजुरी श्रीमती खोजविनको लागी परेका छन । विदेशमा धन कमाउन जादाँ घरबाट श्रीमती वेपत्ता हुने क्रम दिनहु बढ्दै गएको छ । २ वर्ष मलेसियामा काम गरेर फर्कंदा श्रीमतीले छोरी लाई छाडेर अन्यत्रै गईन् । विरबहादुर संग न पैसा छ न त श्रीमति नै । उनी कहाँ पुगिन, कसैलाई अत्तोपत्तो छैन । विरबहादुर त प्रतिनिधिपात्रमात्र हुन् । पछिल्लो समय युवाहरु विवाह गरेर वैदेशिक रोजगारमा जाँदा घरबार बिग्रीएको धेरै उहाहरण छन् ।
 
रम्भा गाउँपालिकाकी न्यायिक समिति संयोजक राधा श्रेष्ठले गत आर्थिक बर्षमा गाउँपालिकामा श्रीमती पिडितको रुपमा ३ उजुरी दर्ता भएको बताईन् । श्रीमान रोजगारीको लागी विदेशमा जाँदा परपुरुषसँग प्रेम सम्बन्ध राखेका विवाहित महिलाले घरबारै छाडेर अन्यत्र जाने गरेका घटना बढ्दै गएका छन । बगनासकाली गाउँपालिकामा गत आ.व.मा १४ मुद्धामध्ये ६ वटा सम्बन्ध विच्छेदका मुद्दा रहेकोमा ३ वटा मिलाएको ३ वटा बाकी रहेको गाउँपालिकाकी न्याय समितीकी संयोजक सरस्वती चिदीले बताईन । यता रिब्दीकोट गाउँपलिकामा १५ मुद्दामध्ये १ वटा सम्वन्ध विच्छेदको मुद्दा रहेको गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले बताईन ।
 
पुर्वखोला गाउँपालिकामा ३ वटा मुद्दा दर्ता भएकोमा १ वटा सम्वन्ध विच्छेदको मुद्दा छलफलको क्रममा रहेको न्यायिक समिति संयोजक भागिरथी भट्टराइले बताईन । तिनाउँ गाउँपालिका उपाध्यक्ष दमयन्ती थापाले गर गहना पैसा लिएर सहित श्रीमती फरार भएका गुनासाहरु आएको बताईन । तानसेन नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी पाठकले २१ मुद्दा दर्ता भएकोमा ३ वटा मुद्दा श्रीमती खोजविनको लागी परेको बताईन । जिल्ला अदालत पाल्पाका श्रेष्तेदार सुवर्ण खनालले सम्बन्ध विच्देछका जिम्मेवारी सरेर आएका १ सय २४ मुद्दामध्ये ३ वटा मुद्दा बाँकी रहको र गत आर्थिक वर्ष २०७४/०७५ मा नयाँ दर्ता भएका १ सय ८ सम्बन्ध विच्छेदका मुद्दाहरुमध्ये ८५ फैसला भई २३ बाँकी रहेको खनालले बताए ।
 
Published on: 30 July 2018 | Annapurna Post

Back to list

;