s

विभिन्न देशमा पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

काठमाडौँ — नेपाल प्रहरीले वैदेशिक रोजगार कसुर मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धन ब्युरो (सिआईबी)ले विसं २०७४ मा एक पीडितलाई विभिन्न प्रलोभना पारेर इजरायल, जापानलगायत मुलुक पठाउने बहानामा ठगी गरेका चितवन कालिका नगरपालिका–८ का ४६ वर्षीय श्रीकृष्ण घिसिङ तामाङलाई बिहीबार कलंकीबाट पक्राउ गरेको हो ।

ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकुमार महतोले पीडितलाई राम्रो पारिश्रमिक र आकर्षक रोजगारी हुने आश्वासन देखाएर उनले रु छ लाख ठगी गरेकाले सर्वोच्च अदालतको आदेशअनुसार पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका तामाङलाई अदालतले वैदेशिक रोजगार कसूरमा छ वर्ष कैद र छ लाख रुपैयाँ जरिवना ठहर गरेकामा फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत काठमाडौं पेस गरिएको उनले बताए ।

Published on: 15 July 2022 | Kantipur

Link

Back to list

;