s

विभागमा आधा अर्ब भन्दा बढीका ठगी उजुरी कायमै

वैदेशिक रोजगार विभागमा ५२ करोड रुपैयाँभन्दा बढी वैदेशिक रोजगार ठगीको उजुरी फछ्र्योट हुन ाँकी रहेको देखिएको छ । विभागमा ठगी उजुरीको चाँङ लागेको चर्चा भइरहेको बेला विभाग आफैले संकलन गरेको गत फागुन मसान्तसम्मको विवरण अनुसार संस्थागत तथा व्यक्तिगत गरी १ हजार ३ सय ८३ उजुरीमा ६७ करोड ६८ लाखको उजुरी परेको देखिएको हो ।
 
जसमा फागुन मसान्तसम्म दुबै तर्फगरी १५ करोड ३७ लाख ९२ हजार रुपैयाँ फछ्र्योट भई ५२ करोड रुपैयाँ बिगो असुल हुन बाँकी रहेको छ । गत माघ महिनासम्म त्यस्तो बिगो ४४ करोड थियो । विभागले २० करोड ५८ लाख रुपैयाँ बराबरको बिगो दाबी गरी वैदेशिक रोजगार
 
न्यायाधीकरणमा १ सय ५७ वटा वैदेशिक रोजगार ठगी मुद्दा दायर गरेको छ । बाँकी ३० करोड बराबरको बिगोका ठगी मुद्दा वैदेशिक रोजगार न्यायाधीकरण जान सकेका छैनन् । फागुन महिनासम्म म्यानपावर र व्यक्तिगततर्फ गरी १ हजार ३ सय ८३ वटा उजुरी परेकोमा ८ सय ९ वटा फछ्र्योट भएका छन् । त्यसमा व्यक्तिगत तर्फ १ सय४२ र संस्थागत अर्थात् म्यानपावरतर्फ ६ सय ६७ वटा
उजुरीहरु रहेका छन् ।
 
विभागको तथ्यांक अनुसार त्यसमा व्यक्तिगत ठगीतर्फ ३५ करोड र संस्थागत अर्थात् म्यानपावर कम्पनीतर्फ करीब १६ रुपैयाँ बिगो फछ्र्योट हुन बाँकी छ । गत वर्षसम्म २ हजार २ सयको संख्यामा झण्डै ५८ करोड रुपैयाँसम्म उजुरी पुगेको थियो । हाल संस्थागत अर्थात् म्यानपावर कम्पनीको तुलनामा व्यक्तिगत उजुरी बढेका छन् । फागुनमा संस्थागततर्फ ८३ वटा उजुरी पर्दा व्यक्तिगत ८६ वटा उजुरी परेका छन् । अघिल्लो महिना संस्थागत अर्थात् म्यानपावर कम्पनीको तुलनामा व्यीक्तगत उजुरी दोब्बर बढी र बिगो चारगुणा बढी देखिने गरेको भएपनि विभागले मेलमिलापका माध्यमबाट कामदारको रकम भराइदिने गरेपछि विभागमा म्यानपावर कम्पनीविरुद्ध उजुरीपर्ने क्रम बढेको अनुमान छ । यी उजुरी विगत वर्षदेखि फछ्र्योट् हुन नसकी लगत सर्दै आएका हुन् ।
 
फागुनमा व्यक्तिगततर्फ वैदेशिक रोजगार न्यायाधीकरणमा १४ उजुरी ठगी मुद्दा दायर भएको छ भने त्यस अवधिमा विभागले कुनैपनि म्यानपावर कम्पनीविरुद्ध न्यायाधीकरणमा मुद्दा दायर गरेको छैन । उजुरी परेपछि म्यानपावर कम्पनीका सञ्चालक वा प्रतिनिधि विभाग गई मिलापत्रका आधारमा कामदारको रकम फिर्ता गर्ने गरेका छन् । विभागले विगत केही समय यता उजुरी फछ्र्योट गराउने क्रममलाई तिव्रता दिएको बताएको छ । केही समय अघि नियुक्त भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले दैनिक यजुरी सुन्ने व्यवस्था मिलाउन विभागलाई निर्देशन दिएपछि यसै सातादेखि विभागले दैनिक मेलमिलापको माध्यम अपनाई कामदारको फसेको रकम असुल उपर गराइदिने क्रमलाई तिव्रता दिएको छ । मेलमिलापका माध्यमबाट रकम असुल उपर गराउँदा म्यानपावर कम्पनीमाथी अनावश्यक दवाव दिइने गरेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको गुनासो छ । यद्यपि मेल मिलापमा संघले प्रतिनिधि खटाउने गरेको छ ।
 
विभागले फागुन महिनामा विभिन्न म्यानपावर कम्पनीलाई २५ लाख रुपैयाँ जरिवाना गरेको छ । तर कुन–कुन म्यानपावर कम्पनीलाई जरीवाना गरिएको हो खुलाइएको छैन । नेपाली युवाहरुलाई विभिन्न मुलुक पठाउने म्यानपावर कम्पनी, एजेन्ट, कन्सलटेन्सी र व्यक्तिगत रुपमा रकम ठगी भएको दाबी सहितका उजुरी विभागमा पर्ने गरेका छन् । पछिल्ला दिनमा म्यानपावर कम्पनीविरुद्ध साउदी कतार पठाउने भन्दै १ लाख ४० हजार रुपैयाँ, पोल्याण्ड पठाउन ८ देखि १० लाख रुपैयाँ लिएको भन्दै म्यानपावर कम्पनी र जापान, अष्ट्रेलिया, क्यानडा अमेरिका पठाउने भन्दै व्यक्तिविरुद्ध एक लाखदेखि ७० लाख रुपैयाँ सम्मका उजुरी विभागमा दर्ता हुने गरेका छन् ।
 
Published on: 25 March 2018 | Madhyanha

Back to list

;