s

भोजपुरकी युवतीलाई पर्वतकी बनाएर उडाउने पक्राउ

दुई महिनाअघि काठमाडौं एयरपोर्टमा अध्यागमन कर्मचारीबाट लुटिएकी भोजपुरकी राई युवतीलाई पर्वतकी विमला केसीको नाममा विदेश उडाउनमा संलग्न रहेको अभियोगमा डि्रम्स अनलिमिटेड कम्पनीका प्रबन्धक सुजन आचार्य विहिबार पक्राउ परेका छन् ।

भोजपुरे युवतीलाई आर्थिक र शारीरिक रुपमा लुट्ने गिरोहमध्ये केही कानूनी कारवाहीको दायरामा आएपनि पासपोर्ट किर्ते गर्दै विदेश पठाउने म्यानपावर तथा एजेन्टमाथि छानविन थाल्ने क्रमको सुरुवातमा आचार्यलाई पक्राउ गर्दै हनुमानढोका थुनामा राखिएको छ । प्रहरीको केन्दि्रय अनुसन्धान ब्युरोले छानवीनको काम थालेपछि सम्बन्धीत युवती विमला केसीले दिएको जानकारीमा आचार्य पक्राउ परेका हुन् । छानविनमा संलग्न एक अधिकारीका अनुसार तीन बर्षअघि आफूले डि्रम्स अनलिमिटेडमा बुझाएको पासपोर्टबारे सोधपुछमा जाादा हराएको भन्दै विमलालाई तत्काल अर्को पासपोर्ट बनाउन म्यानपावर कम्पनीले ५ हजार रुपैंया दिएको थियो ।

यही डिम्स म्यानपावरले इजराइलमा कामदार पठाउने भन्दै गरेको बदमासीबारेका उजुरी वैदेशिक रोजगार बिभागमा रहेकाले त्यसमाथि पनि अनुसन्धान थालिने भएको छ । 

 

Published on: 18 January 2013 | Kantipur

Back to list

;