s

भारतीय सेनामा नेपाली युवाको आर्कषण बढदै

सुरेन्द्र काफ्ले 
 
नेपालगन्जः मध्य तथा सुदुरपश्चिमका दुई सय २० नेपाल युवा भारतीय सेनामा भर्ना भएका छन् । ४ महिना लामो छनोट प्रक्रियाबाट भेरी, राप्ती, कर्णाली, सेती र महाकाली अञ्चलका दुई सय २० जना छानिएर भारती सेनामा भर्ना  भएका हुन् । जुन महिनामा खोलिएको भर्नामा ३ हजार ५ सयले आवेदन दिएका दिए ।  
 
आवेदन दिएका मध्ये  दौडमा आठ सय ५० जना पुगेका थिए । जसमा चार सय चार ले लिखित परीक्षा पास भएका थिए । लिखितमा पास भएका मध्ये १ सय स्वास्थ्य जाँचमा फेल भए । 
 
तीन सय चार मेडिकलमा पास भएका मध्येबाट अन्तिम सम्ममा दुई सय २० जना छनोट भएर भारतीय सेनामा भर्ती भएका छन्। 
भारतीय सेनामा नेपाली युवा माग आकर्षण रहदै आएको छ ।  गत बर्ष नेपालगन्जबाट एक सय ३९ युवा भारती सेनामा भर्ना भएका थिए  भने २०७१ सालमा दुई सय ४१ भर्ना भएका थिए ।
 
भारती सेनामा भर्नाको लागि आवेदन दिएको लागि एसएलसी पास भएका १७  बर्ष पुगेको हुने पर्ने नेपाल भुुपु सैनिक विकास समिति  बाँकेका सचिव भीमबहादुर रानाले जानकारी दिए । 
 
शारीरिक रुपमा स्वास्थ्य भएका ५ फिट ३.५ सेन्टिमिटर उचाई, ३१ इन्च छाती भई २ इन्च फुलाउन सक्ने ४८ केजी तौल भएको युवाले भर्नाको लागि आवदेन दिन सक्ने व्यवस्था छ ।  
 
मध्य र सुदूरपश्चिमका युवा केन्द्रीत गरेका जुन जुलाईमा प्रत्येक बर्ष भारती सेनामा भर्ना खुल्ने गरेको छ । गोरखपुरबाट आएको भारतीय सेनाको टोलीले नेपाली युवालाई  भर्ती गरेर लाने गरेको छ  भने भर्तीमा  नेपाल भुतपूर्व सैनिक समितिको समन्वय गर्दै आएको छ । 
 
एक जना जर्नेल, ३ जना कर्नेल, १ चिकित्सक, ७ जना मेजर सुवेदार र २५ जना हबल्दार सहितको टोलीले नेपाली युवालाई भारतीय सेनामा भर्ती गराउने गरेको छ ।  
 
भारतीय सेनाको भर्ती टोलीले शिविरमा राखेर नेपाली युवालाई भर्ती गर्ने गरेको छ । नेपालगन्जका साथै बुटवल, भरतपुर, पोखरा, स्याङ्जा लगायत स्थानबाट समेत छनोट गर्ने गरिएको छ । उता बुटवलमा आगामी असोज ५ गते  देखि ५ दिनसम्म भारतीय  सेनाको भर्ती शविर सञ्चालन हुदै आएको छ ।
 
पूर्वसैनिक समितिका सचिव रानाले आर्कषक तलब, गाउँ घरमा  सम्मानका कारण नेपाली युवा भारतीय सेनामा आकर्षित हुने गर्छन् ।
 
Published on: 13 September 2016 | Annapurna Post

Back to list

;