s

भारतमा फसे ४८ नेपाली

कपिलवस्तु, चैत १५ गते । कोरोना भाइरसबाट बच्नाका लागि भारतले लागु गरेको लक डाउनमा ४८ नेपाली फसेका छन् । रोजगारीका सिलसिलामा भारतको पानीपत्त हरियाणा गएका नेपाली अलपत्र परेका छन् । तीन दिनदेखि आफूहरुले खानसमेत नपाएको कपिलवस्तु शिवराज नगरपालिका वडा नं ८ विलरहवाका मुन्ना नेपालीले जानकारी दिनुभयो । 

उनीहरुले आफूहरुलाई त्यहाँबाट उद्धार गर्न नेपाल सरकारसँग माग गरेका छन् । २१ दिनको लामो लकडाउनमा आफूहरुलाई निकै कठिनाइ भइरहेको उनीहरुले बताएका छन् । उनीहरुले घरमा समेत सम्पर्क गर्न नपाएकाले पत्रकारमार्फत आफ्नो घर भएको शिवराज नगरपालिकालाई उद्धार गर्न आग्रह गरेका छन । 

नगर प्रमुख नेत्रराज अधिकारीले भारतमा फसेका नेपालीले उद्धारका लागि जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएको बताउनुभयो । शिवराज ९ का वडाध्यक्ष चुरबहादुर खड्काले नेपालीको उद्धारका लागि नगरपालिकाबाट पहल गरिने जानकारी दिनुभयो ।

Published on: 28 March 2020 | Gorkhapatra

 

Link

Back to list

;