s

भारतमा नेपाली युवकको मृत्यु

रोजगारीका लागि भारतको बैङ्लोरमा बस्दै आएका बैतडीको एक युवकको शनिबार राति पानीको ट्याङ्कीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको पुर्चौडी नगरपालिकाका २४ वर्षीय भरत जोशी रहेका छन् ।

काम सकेर डेरामा फर्कने क्रममा जोशी लडेर ट्याङ्कीमा खसेको सुदूरपश्चिमेली नेपाली समाज कर्नाटक राज्यसमितिका संस्थापक अध्यक्ष लिलाधर कपाडीले जानकारी दिए । मृतक जोशी बैङ्लोरस्थित एक होटेलमा कार्यरत थिए । उनी एक महिनाअघि रोजगारीका लागि भारत गएका थिए ।

Published on: 15 September 2019 | Naya Patrika

Back to list

;