s

भारतमा बस पल्टेपछि १ नेपालीको मृत्यु, ५१ घाइते

भारतको उत्तराखण्ड राज्यको राजधानी देहरादुनबाट नेपाल सीमा आइरहेको बस आज बिहान दुर्घटनामा परेको छ । बिहान ७ बजेततिर उत्तराखण्ड परिबहनको बस उधमसेह नगर जिल्लाको नानकमत्तामा पल्टिएर दुर्कोघटनामा परेको हो । बसमा दशैँ मनाउन घर आउँदै गरेका नेपालीहरु चढेका थिए । बस सडकमै पल्टिएको छ । 

दुर्घटनामा परी १ जना नेपालीको ज्यान गएको छ भने ५१ जना घाइते भएको भारतस्थित सहारा न्युजका संवाददाता राजेश सावाडाले जानकारी दिएका छन् । घाइते हुनेमा मजदुर र विद्यार्थी छन् ।

घाइते भएका यात्रुहरुको खटिस्थित सरकारी अस्पतालमा उपचार भइहरेको सावडाले बताए ।

Published on: 18 October 2012 | Nagarik

Back to list

;